सिन्धुपाल्चोकमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्‍यु, १८ जना घाइते

२३ कात्तिक, काठमाण्डौ ।

सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका ११ पोखरेस्थित बन्देउ चौतारा सडक खण्डमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता दक्ष कुमार बस्‍नेतका अनुसार मृत्यु हुनेमा बलेफी गाउँपालिका-५ की ४० वर्षीया जानुका भन्‍ने सरस्वती पराजुली रहेकी छिन् । गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै घाइते हुनेहरुमा चौतारा सागागढी नगरपालिका-१ का ५१ वर्षीय पशुपति थापा, ४६ वर्षीया तुलसी थापा, हेटौडा उपमहानगरपालिका-१ का २२ वर्षीय अरुण तामाङ, बारा सिमराकी २३ वर्षीया स्वहिता थापासहित १८ जना रहेका छन् । घाइते उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

माइक्रो चालक हेटौडा उपमहानगरपालिका-१ का रामलाल थिङको टाउकोमा चोट लागेको छ । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो १२: ५५ बजे चौताराबाट काठमाडौंतर्फ जादै गरेको बा २ ख २६१२ नं.को हाइस माइक्रो बस अनियन्त्रित भइ सडकबाट ७/८ मिटर तल खसेको थियो।