कर्णाली सरकारमा एकीकृत समाजवादी पनि, शाही बने आन्तरिक मामिला मन्त्री

कात्तिक, काठमाण्डौ ।

कर्णालीमा नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी भएको छ । यस दलका संसदीय दलका नेता चन्द्रबहादुर शाही मंगलबार आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका छन् ।

उनलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले नियुक्ति र शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका हुन् ।

नवनियुक्त मन्त्री शाहीले मंगलबार नै शपथ लिने तयारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव आनन्द सारुले जानकारी दिए ।

मुख्यमन्त्री शाहीले झण्डै दुई सातापछि मन्त्रिपरिषद विस्तार गरेका हुन् । तर आफ्नै दल नेपाली कांग्रेस, अर्को सत्ता सहयात्री  नेकपा माओवादी केन्द्रबाट मन्त्री छनोट गर्न सकेका छैनन् ।