आगलागीपछि मृत्यु भएका दैलेख ठाटिकाँध १ का हरिकला बादीको परिवार लाई सहयोग

दैलेख जिल्ला को ठाटिकाँध गाउँ पालिकामा गएको हप्ता अर्थात फागुन १९ गते बिहीबार साँझ पख कपडा बाट आगो सल्कियर २ जनाको निसास्सिएर मृत्यु भएको थियो ,।

जसमा ठाटिकाँध गाउँपालिका–१ मा बसोबास गर्दै आएकि ४० बर्षीया महिला हरिकला बादी र उनका १८ बर्षीय छोरा रमेश बादीको मृत्यु भएको थियो |

उक्त घटनाप्रति दुख व्यक्त गर्दै ठाटीकाँध गाउँपालिकाले मृतक को घर परिवार लाई ५८ हजार नगद रुपैयाँ सहित दैनिक उपभोग्य बस्तु जस्तै दाल चामल नुन तेल कपडा लगायत अन्य सामाग्री लियर मृतक का आफन्त लाई घरमै गएर हस्तान्तरण गरेको हो ।

गाउँ पालिका का अध्यक्ष धिर बहादुर शाहीले मृतक का घर परिवार न्यून आयस्रोत भएको गरिव परिवार भएकाले आफुले सहयोग गरेको र अझै आवश्यक सहयोग गर्ने बताउनु भयो ।
मुण्डा घर माटोले छाएको घर) भएको र झ्याल ढोका बन्द गरेका कारण आगलागीपछि उनिहरु घरभित्र- बाहिर निस्कन नसकेको कारण मृत्युु भएको थियो ।