रा.बा. बैंकको नयाँ शाखा स्थापना गर्ने रास्कोट नगरपालिकामा सम्भाव्यता अध्ययन हुदै ।

रास्कोट गरपालिकाकामा बैंकिङ सेवा छिटो, छरितो , अत्याधुनिक र सुबिधालाई मध्यनजर गर्दै प्रभावकारी रूपमा वित्तीय सेवा प्रदान गर्नका लागी राष्ट्रिय बाणिज्य बैंकको नयाँ शाखा स्थापना गर्ने तत्काल सम्भाव्यता अध्ययन हुने भएको छ । रास्कोट नगरपालिकाका नागरिक लाइ छिटो छरितो सेवा दिनका लागी रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही (पोषण) कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही र राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत कबिराज बरालको टिम यतिबेला काठमाडौमा विभिन्न सरोकारवालाहरुसँग छलफल गरिरहनु भएको छ ।

रास्कोट नगरपालिकामा राष्ट्रिय बाणिज्य बैंकको शाखा स्थापना भएपछि रास्कोट नगरपालिकाका नागरिक मात्र नभयर प्रदेश ख, का सबै नागरिकलाई सेवा लिन सहज हुने नगर प्रमुख शाहीले बताउनु भयो ।