रास्कोटमा राष्ट्रिय वाणिज्य वैक

जिल्लाको रास्कोट नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ । आइतवार एक कार्यक्रमका बिच नगरप्रमुख धर्मराज शाहीले कार्यालयको उद्घाटन गरेका हुन ।
जिल्लाका नौ वटै स्थानिय तहहरु भन्दा जनधनत्व र प्रदेश निर्वाचन क्षेत्र ख को केन्द्रविन्दु रास्कोट भएकाले रास्कोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको हो ।
वित्तीय पहुँच र समावेशिता अभिवृध्दि गर्ने सरकार र राष्ट्र बैंकको नीति अनुरुप पूर्ण सरकारी स्वामित्वमा राष्ट्रिय वाणिज्य बैंकको स्थापना गरिएको नगरप्रमुख धर्मराज शाहीले बताए ।
कालिकोट जिल्लाको निर्वाचन क्षेत्र ख का आम नागरिकहरुको वित्तिय सेवा तथा सरकारी कारोबारो वा कर लगायत वाणिज्य कारोबारोलाई ध्यानमा राखी सरकारी वाणिज्य बैंकलाई स्थापना गर्नका लागि लामो पहलकदमी पश्चात कारोबारी सुचारु गर्न सफल भएको शाहीले बताए ।

यस बैंक स्थापनाका लागि कालिकोट जिल्लाका प्रतिनिधि सभाका माननीय महेन्द्र बहादुर शाही, तत्तकालिन माननीय अर्थमन्त्री जनार्दन शर्मा, रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही, नगर उप प्रमुख मनिराज बराल, जिल्ला स्थित राजनितिक दलका नेताहरु र रास्कोट नगरपालिकाका स्थायी वासी राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु सहयोगमा वाणिज्य बैंकको स्थापना भएको हो ।

स्थापना संगै यहाँ कालिकोट निर्वाचन क्षेत्र ख का सम्पुर्ण वासिन्दाहरुले सेवा लिने छन । सरकारी कारोबारो गर्नका लागि मान्म जानु पर्ने झन्जटबाट मुक्त हुने भएका छन । रास्कोट नगर सरकारले लिइको निति अनुसार सबै सेवाहरु घर आँगन दिन बाचामा क्रम बिधिवत रुपमा पुरा हुदै गएका छन् । सामाजिक सुरक्षा घर आँगनमा होस या मेयर हेल्थ केयर कार्यक्रम मार्फत सेवा सेवा घर आँगनमा होस खाद्द डिपो मार्फत नुन चामलहरु विधुत महशुल काउन्टर होस सबै सेवाहरु नजिक बाट नजिकको सरकारको रुपमा सेवा दिदै आएको छ ।

अवका दिनहरुमा पनि कालिकोट जिल्लाको निर्वाचन क्षेत्र ख का आम नागरिकहरुको सेवालाई ध्यानमा राखी इलाका प्रशासन कार्यालय स्थापनाका लागि निर्वाचन क्षेत्र ख का सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुको सहमतिमा इलाका प्रशासन कार्यालयका लागि संघिय सरकार संग माग गरि प्रकृयामा हरेको छ । अब केही दिनहरुमा इलाका प्रशासन कार्यालय स्थापना हुनेनैछ ।

वित्तीय पहुँच र समावेशिता अभिवृध्दि गर्ने सरकार र राष्ट्र बैंकको नीति अनुरुप पूर्ण सरकारी स्वामित्वमा राष्ट्रिय वाणिज्य बैंकको स्थापना गरिएको बताए । सानो रोजगारीका निम्ति विदेशिने प्रवृत्तिको रोक्न बैंकसँग सहकार्य गरीस्थानीय स्तरमै उत्पादनशीलता र रोजगारी अभिवृद्धिमा योगदान पुराउन स्थानीय उद्यमी, व्यवसायी तथा सर्वसाधारणलाई आग्रह समेत गरे ।