पिकलबल सुर्खेत को अध्यक्षमा बिसी चयन

सुर्खेत : सुर्खेतको बिरेन्द्रनगर मा पिकलबल असोसियसन सुर्खेत जिल्ला समिति अर्जुन बि.सी को अध्यक्ष मा गठन गरिएको छ। सुर्खेत को बिरेन्द्रनगर मा खेल प्रेमी र खेलाडी हरूकाे भेलाबाट पिकलबल असोसियसन सुर्खेत गठन भएको छ। जसको अध्यक्षमा अर्जुन बिसी निर्वाचित हुनुभएको छ। यस्तै उपाध्यक्ष रवि योगि र प्रतीक शाही ठकुरी ,सचिव मा चन्द्र सुबेदि र काेषाध्यक्ष संगीता कुमारी शाही चयन हुनु भएको छ। यस्तै सदस्यहरूमा जनक शिह, प्रेम बिसी ,करण बैगार , बिपिन रोकाय ,खडक शाही , दिपक शर्मा र कपेद्र बिसी चयन हुनु भएको छ।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समिती सुर्खेत का सदस्य सचीव जगत प्याकुरेल को प्रमुख आतिथ्यमा र पिकलबल असोसियसन नेपाल का तर्फबाट प्रतिनिधि जनक सिहं ठकुरीज्यु को बिशेष आतिथ्यमा सम्पन्न भएको छ। यसैगरी कार्यक्रम को सहजीकरण प्रेम बिसी ले गरेका थिए ।