कर्नाली नेटवर्कद्धारा राहत प्रदान

सुर्खेत । जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको भुकम्पबाट प्रभावित छेडागाड नगरपालिका वडा नं. ७ र ९ मा एकिकृत विकासकालागि कर्नाली नेटवर्कले वल्र्ड शेयर कोरियाको सहयोगमा चिसोबाट बच्न न्यानो कपडाहरु, टेन्ट सहितको राहत चारसय जना बालबालिका, विद्यार्थी र विपन्नहरुलाई पुष ७ गते वितरण गरिएकोछ ।

संस्थाको भुकम्प राहत तथा पुर्नः स्थापना परियोजना अन्र्तगत भुकम्पवाट प्रभावित जिल्ला जाजरकोटमा नेपाल सरकारको आग्रह पश्चात कठ्यांग्रीदो जाडोवाट बच्न बालबालिका विद्यार्थी तथा विपन्न स्थानीय नागरीकलाई ब्लाङ्केट, म्याट, टोपी, मोजा, पञ्जा, टेन्ट सहित छेडागाड नगरपालिका वडा नं. ७ का अध्यक्ष वीर वहादुर रोकायो, समाज कल्याण परिषद्, प्रतिनिधी सहित सरोकारवालाको उपस्थितीमा राहत वितरण गरीएको हो ।

छेडागाड नगरपालिकाको अति विकट क्षेत्र वडा नं. ७ टिकाचौरमा यसरी पिडीतको लागि गैरसरकारी निकायवाट पहिलो पटक राहत पुगेको नगर कार्यपािलका सदस्य करिष्मा शाहीले बताउनु भयो । संस्थाका टिम लिडर टिका पौडेलले वल्र्ड शेयर कोरीयाको यो पहिलो परियोजना नै अति दुर्गम जहा जो कोही आउन निकै कठिन रैछ, उच्च हिमाली जाडो हुने क्षेत्र रैछ त्यस्तो ठाउका भुकम्प पिडीतलाई स्थानीय सरकारको सिफारिस अनुसार न्यायो राहत तथा चौरमा पढिरहेका स्कुलका विद्यार्थीलाई ठुलो टेन्टले थोरै भए पनि राहत हुने मानविय कार्य गर्न पाएकोमा खुशि ब्यक्त गर्नुभयो ।


छेडागाड नगरपालिकाका नगर उप प्रमुख चन्द्र थापाले कर्नाली नेटवर्क र दातृ निकाय वल्र्ड शेयरले वास्तविक भुकम्प पिडीतको दुःखमा राहत प्रदान गर्न आउनु भएकोमा आभार व्यक्त गर्दै यो जाडोमा धेरै बालबालिबा बिरामी हुनवाट जोगिने छन् उहाले थप्नु भयो , सरस्वती आधारभुत विद्यालय, स्वास्यचौकी भवन लगायत थुप्रै सार्वजनिक क्षेत्र पुर्नः निर्माण गर्नु पर्ने आवश्यकता छ । भुकम्पको केन्द्रविन्दु जाजरकोटको नलगाड क्षेत्रमा राहत थुप्रिएको तर अन्य प्रभावित क्षेत्रमा पिडीतहरुको चिसोवाट मृत्यु हुन थालेपछि सरकारले पछिल्लो चरणमा एकद्धार नीति हटाएर आवश्यक ठाउमा राहत तथा पुनस्थापनामा जुट्न आवहन गरेकोछ ।