दैलेखमा पेट्रोलियम पदार्थको पुष्टि गर्न ‘ड्रिलिङ’ सुरू

सुर्खेत । दैलेखमा पेट्रोलियम पदार्थ भए/नभएको पुष्टि गर्न ‘ड्रिलिङ’ खन्ने कार्य सुरू भएको छ ।

दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुख्य ड्रिलिङ कार्यको आइतबार उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश भौतिक पुर्बाधार तथा सहरी बिकाश मन्त्रालय का राज्यमन्त्री माननीय गमता विक प्रदेश र संघका माननीय र दैलेख स्थित राजनीतिक दलका प्रतिनिधि हरुकोपनि  सहभागीता थियो ।
राज्य मन्त्री गमता विकले यो आयोजना दैलेखको , कर्णाली को , मात्र नभई सिङ्गो मुलुकको आयोजना भएको बताउनु भयो । साथै आफु मन्त्री हुँदा वा नहुदा आफुदेखि रहने सहयोग निरन्तरता दिने र योअन्वेषण सफल ताको कामना गर्नु भयो ।
चार महिनामा सम्पन्न हुने मुख्य ड्रिलिङले यो स्थानमा पेट्रोलियम पदार्थ वा ग्यास भए, नभएको पुष्टि हुनेछ ।

ड्रिलिङ’ पछि पेट्रोलियम पदार्थ उत्खनन् गर्न सकिने वा नसकिने विषयको अन्तिम नतिजा आउने बताइएको छ । पेट्रोलियम अन्वेषणअन्तर्गत पूर्वाधार निर्माणको काम सम्पन्न भएसँगै मन्त्री भण्डारीले अन्तिम चरणका कामको शुभारम्भ गरेका हुन् ।

ड्रिलिङको शुभारम्भ गर्दै मन्त्री भण्डारीले विश्वव्यापी इन्धन संकटले नेपालमा पर्नसक्ने असरलाई कम गर्न र देशको अर्थतन्त्र सुधारका लागि परियोजना महत्वपूर्ण रहेको बताए । उनले उक्त परियोजना सफल बनाउन कुनै पनि कसुर बाँकी राख्न नहुने समेत बताए ।

नेपाल र चीनबीच सन् २०१६ मा भएको सम्झौताअनुसार चाइना एड अन आयल एन्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्टअन्तर्गत नेपाल सरकारको खानी तथा भूगर्भ विभागको पेट्रोलियम अन्वेषण परियोजनाले ड्रिलिङ कार्य थालेको हो ।

मुख्य ड्रिलिङका लागि उच्च प्रविधिसहितका आवश्यक उपकरण प्रयोग गरी नतिजा आउने गरी काम गरिने पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितले जानकारी दिए ! उनका अनुसार ४ हजारदेखि ४ हजार ५०० मिटरसम्मको गहिराइमा अन्तिम अन्वेषणको काम गरिने छ । जसका लागि १५७ ट्रकबाट आवश्यक उपकरणहरू परियोजना स्थलमा पुगिसकेका छन् भने केही उपकरणहरू ल्याउन बाँकी छ ।

‘अबको चार महिनाभित्र सो क्षेत्रमा तेल वा ग्यास के हो त्यसको निर्क्याैल हुन्छ, कति परिमाणमा छ, उत्पादन गर्न सकिने वा नसकिने भन्ने विषयमा टुङ्गो लाग्छ,’ उनले भने ।
हाल परियोजना स्थलमा २१ चिनियाँ र ५० जना नेपाली प्राविधिकले २४सै घण्टा अन्वेषणको काम गरिरहेका छन् ।