भारतिय प्रधानमन्त्री मोदीले चुनाव हार्ने निश्चित, को बन्दैछन् २० दिन पछि नयाँ प्रधानमन्त्री ?

नयाँदिल्ली – भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका दिन सकिएको बताएका छन । शनिबार पत्रकार सम्मेलन गर्दै गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीमाथि कडा टिप्पणाी गर्दै नेतृत्वमा बस्ने उनका दिन सकिएको बताएका हुन ।

राहुलले रोजगार र भ्रष्टाचारलाई ठूलो मुद्दा बनाउँदै प्रधानमन्त्री मोदी र भाजपालाई निशाना बनाएका हुन् । महागठबन्धन र भोट काट्ने सवाललाई लिएर राहुलले भने, ‘हाम्रो पहिलो लक्ष्य भनेको नै भाजपालाई हराउनु हो ।’ कांग्रेस अध्यक्ष राहुलले राफेल डिलदेखि मसूद अजहरलाई लिएर सञ्चारमाध्यमको सवालमाथि पनि जवाफ दिएका छन् ।

‘चुनाव आधाभन्दा धेरै सकिएको छ । स्पष्ट हुन्छ कि, मोदी चुनाव हार्दैछन् । किसान, भ्रष्टाचार, रोजगार संस्थामाथि अतिक्रमण मुख्य मुद्दा हुन्, यही कारणले गर्दा नै भाजपाले चुनाव हार्दैछ’, राहुलले भने । राहुल भन्छन्, ‘हामीले मोदीसँग चार र पाँच चुनाव लडिसकेका छौँ । जब उनलाई लाग्छ कि उनी चुनाव हार्दैछन्, उनी ध्यान हटाउन केही नयाँ गरिरहेका हुन्छन् ।’

राहुलले भारतीय चुनाव आयोगमाथि पनि टिप्पणाी गरेका छन् । उनले चुनाव आयोगले दुई किसिमको नियमबाट काम गरिरहेको बताए । पाँच वर्षमा प्रधानमन्त्रीले एक पनि पत्रकार सम्मेलन नगररेको भन्दै राहुलले प्रधानमन्त्री मोदीलाई पत्रकार सम्मेलन गर्न पनि सुझाएका छन् ।

मोदीको प्रधानमन्त्री पदमा बस्नका लागि अव २० दि मात्र बाँकी रहेको भन्दै त्यसपछि आफ्नो पालो आएको बताएका छन । चुनावमा आफूले नेतृत्व गरेको गठबन्धनले बहुमत त्याउने र सरकारको नेतृत्व आफूूले गर्ने ढुक्क भएको उनको भनाई छ ।