सुर्खेत । नेकपा एमाले ठाँटीकाँध गाउँपालिका कमिटी दैलेखले पार्टी सदस्यता नविकरण तथा संगठन विस्तार अभियानलाई तिब्र रुपमा अघि सारेकोछ। सोही अभियानका क्रममा ठाँटीकाँध गाउँपालिका वडा नम्बर ३ बजायमा सोमबार एक कार्यक्रम गरिएको छ।पालिका कमिटी अध्यक्ष कृपाराम थापा, सचिव रमेश विश्वकर्मा लगायत स्थानीय नेता कार्यकर्ताको सहभागीतामा बजायामा पार्टी प्रवेश कार्यक्रम गरिएको छ। अध्यक्ष थापाका अनुसार प्रवेश गर्नेमा नेपाली काङ्ग्रेसका वडा सहसचिव टेकेन्द्र विश्वकर्मा, नेता प्रेम विश्वकर्मा, नेकपा माओवादी केन्द्रबाट बलीराम भण्डारी तथा लोकेन्द्र शाहीको नेतृत्वमा १२ जना नेता-कार्यकर्ता हरु रहेका छन्।
यस्तै, अध्यक्ष थापाले १२ जना एमाले पार्टीमा प्रवेश गरेसँगै उनिहरुका परिवारका ४० जना भन्दा जना बढी सदस्य थपिएको बताएका छ्न । नोट : पार्टी ठाटीकाँध गाउँपालिका कमिटीका अध्यक्ष कृपाराम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता वडा कमिटी उपाध्यक्ष अमर बहादुर दशौदी
सन्चालन वडा कमिटी सचिव दान बहादुर शाहीले गरेका थिए ।
नव प्रवेशी हरुलाइ स्वागत गर्दै प्रमुख अतिथी एवम् पालिका कमिटीका अध्यक्ष कृपाराम थापाले सामाजिक रुपान्तरण, मुलुकको समृद्धि र विकास तथा रास्टृयताको रक्षाको लागि नेकपा एमालेमा गोलबन्द हुन सबैलाई आग्रह गरेका छन
स्मार्ट कर्णाली । २८ श्रावण २०८१, सोमबार २१:२१ बजे