तिमिलाइ रातो रातो रातो शुभकामना ( प्यारी बहिनी )

प्यारी बहिनी मीठो माया साथै शुभ आशीर्वाद !
परिवारको बिहान बेलुकाको भोको पकाउन र नाङ्गो शरीर ढाक्ने ठुलो आशा बोकि कैयन तिजमा तिमिलाइ भेट्न नपाएको प्रदेशियको दाजुको तर्फबाट तिम्रो महान पर्व हरितालिका तिजको हार्दिक शुभकामना ।साथै मेरो शारीरिक स्वस्थता निकै छ साथै तिमी तिम्रा जहान र समग्र घर परिवार पनि निकै होलान भन्ने आशा गर्दछु ।
आज भोलि धेरै दिन अघाडी देखि गाँउघरमा तिजका गीत गाउदै नाच गान भएहोलान बरु तिमी तेसमा सहभागी भएउ भएनौ खै ? यस पत्र मार्फत थोरै तिज के हो भन्ने विषयमा चर्चा गर्छु ।
धार्मिक मान्यता अनुसार तिज के हो ?
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन्।

यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।
सामाजिक मान्यता अनुसार तिज के हो ?
आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन्। ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ। तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ। पहिलो दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ।
बहिनी, परिवर्तनको यो समयमा तिज उपरोक्त ब्याख्या अनुसार होला जस्तो मलाइ लाग्दैन तर आज भोलि तिजको अपब्याख्या चाहिँ पक्कै छ ।आज भोलि यो तिजले सामिजक र भाबनात्मक अनुभूति भन्दा पनि समाजमा हुदा खाने र हुने खाने बिचको बिभेदको खाडललाइ अझ गहिरो बनाएको देखिन्छ ।आज भोलि यो सामजिक संजालमा देखिएका कैयन दृश्यले मलाइ सारै चिन्ताजनक र सोच्न बाध्य बनाएको छ । बहिनी खासमा आजभोलिको यो तिज पर्वले साच्चिकै बिसंगतिको बाटो रोजेको छ अझ भनौ अत्यावश्यक फजुल खर्च र देखासिकी लाई बढोत्तरी गरेको छ ।अँ साच्चै तोम्रो गाउँ ठाउँमा कस्तो हुदैछ ।
अनि अर्को कुरा चाहिँ व्रत बस्नु, वा निराहार बस्नु आफ्नो स्वास्थ्य अवस्था र परिस्थिति अनुकुलको निर्णय हो ।यसमा तिमी सचेत छौ भन्नेमा म विस्वस्थ छु ।अनि माइत जाने मीठो खाने पनि आफ्नो अवस्था र सक्ष्मताको आधारमा होला ,गरगहना र झिलमिल गर्नु पनि आफ्नो बिचार र सक्षमताकै आधारमा हो ।यसमा कुनै सन्देह हुदैन तेसकारण तिमिहरु जस्ता सचेत नारिले तिजलाइ परमपरागात र सुहाउँदो तरिकाले मनाउनु पर्दछ । बहिनी हाम्रो देशमा रोजगारी छैन ,गरिबी छ ,यसैको कारण कैयन नेपाली दाजुभाइ र दिदी बहिनी सिमा पारिका बिराना ठाउँमा आँसु पुछ्दै दिन बिताउदै छन भने आज तिजैको दिन पनि धेरै युवा युवतिहरु हाम्रो देश छोडेर हिन्दैछन भने कति दाजुभाइत रातो बाकस भित्र दिदी बहिनिको लागि निर्जीव नासो बनेर फर्किदैछन होला ।यो बिडम्वना हो र हामी नेपालिको बाध्यता हो ।
यती हुदा पनि नेपाली शासकहरु दिन दिनै भ्रस्टाचार र कुशासन ले हाम्रा सपनाहरुमाथी रमाउदै छन ।बहिनी यो तिजको पुनित अवसरमा तिमी र तिम्रा कैयन साथिहरुले सामाजिक रुपान्तरण र सचेतनाका काम गर्ने छौ भन्ने आशा गरेको छु ।र संकृतिको नाममा देखिएको यो विकृतिका विरुद्ध बोल्ने छौ र साथै कुनै पनि चाड पर्व देखा सिखी नबुझी आ आफ्नो परमपरा र सक्षमताको अधारमा मनाउने छौ भन्ने आशा छ ।र तिजमा सबैले रातो सारी चुरा पोते र शिरमा सिंदुर लगाउछन ।रातोको अर्थ क्रान्ति हो भन्ने बुझ्ने छौ र क्रान्ती समाजको आमूल परिवर्त गर्ने हुनुपर्छ भन्दै तिमी र सम्पुर्ण नारिलालाइ यो तिजको रातो रातो रातो शुभकामना छ ।
उहीँ तिमिलाइ माया गर्ने दाजु
कर्ण थापा