सुनिता हत्याकाण्डका दाेषीलाई कार्वाही गरियोस् :युवा नेता सुनार

सुर्खेत, १९ कार्तिक । डुङ्गेश्वर गाउँपालिका–६ दैलेखकी २१ वर्षीया सुनिता विककाे शंकास्पद मृत्यु भएकने भन्दै नेकपाका युवा नेता तथा समाजसेवी तिर्थ सुनारले दाेषीलाई हदैसम्मको कार्वाहीकाे माग गरेका छन् । `एकपछि अर्काे गर्दै महिला माथि हिंसा भइरहेका छन्। अाखिर कहिलेसम्म महिलाहरु मर्नुपर्ने ? खाेई स्वतन्त्र तरिकाले बाँच्न पाउने अधिकार,` नेता सुनारले भने, ` यस्ता घटनामा संलग्न जाेकाेहीलाई पनि कानुनी कठघरामा ल्याउन जरुरी छ, याे घटनामा संलग्न जाे काेहीलाई पनि कार्वाही हुनुपर्छ ।´ साेमबार बिहान साढे १० बजे बाख्रा चराउन भन्दै घरबाट हिँडेकी सुनिता अर्धनग्न अवस्थामा मृत फेला परेकी छन् ।
उनको मंगलबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । उनको घर गुराँस गाउँपालिका –१ सेफ्टीमा हो । श्रीमानसँगको सम्बन्ध राम्रो नभएकाले विगत ६ महिना देखि माइतिको घरमा बस्दै आएको भन्ने खुलेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

प्रहरीलाई खबर आएपछि मात्रै घटनास्थलमा प्रहरीको टोली पुगेको डीएसपी श्रेष्ठले बताए। प्रहरीले आवश्यक सोधपुछका लागि उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ ।