अमेरिकी चुनावमा विजयी ह्यारी भण्डारीले गीतालाई साक्षी राखेर शपथ लिए (भिडियो सहित)

banner

वासिंटन डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको डिस्ट्रिक ८ बाट हाउस अफ डेलिगेटमा विजयी नेपाली मुलका ह्यारी भण्डारीले हिन्दू धर्मावलम्वीको ग्रन्थ गीतालाई साक्षी राखेर सपथ खाएका छन्। भण्डारीले आज भएको सपथग्रहण कार्यक्रममा आफ्नो धर्मग्रन्थ गीतालाई साँक्षी राखेर सपथ खाएका हुन्।

यस बर्ष नेपाली मूलका दुईजना अमेरिकनहरूले अमेरिकाको मूलराजनीतिमा सफलता प्राप्त गरेका छन्। जसमध्ये मेरिल्याण्ड राज्यको डिस्ट्रिक ८ बाट हाउस अफ डेलिगेटमा ह्यारी भण्डारी र हरन्डन सिटी टाउन काउन्सिलमा प्रदीप ढकाल विजयी भएका हुन्।

यी दूई जना मध्य हाउस अफ डेलिगेटमा निर्बाचित भण्डारीको  अमेरिकाको पूर्बीय समय अनुसार १२ बजे सपथ ग्रहण भएको छ भने काउन्सिल मेम्बर प्रदीप ढकालको सपथ ग्रहण हरन्डन स्थित नगर भवनमा बेलुका ७ बजे हुँदैछ।

मेरिल्याण्ड राज्यको डिस्ट्रिक ८ बाट निर्बाचित स्टेट डेलिगेट  ह्यारी भण्डारी सपथ ग्रहणको भिडियो जस्ताको तस्तै :  (भिडियो पत्रकार गौतम दाहालको फेसबुकबाट )

भिडियो हेर्न यो लिंकमा जानुहोस्- https://www.facebook.com/malini.dahal/videos/1282719315211805/