भेडा,बार्खा पालनगर्ने कृषकलाई गोठालो भत्ता दिने गाउँपालिकाको निर्णय

कालिकोट जिल्लाको पचालझरना गाउपालिकाले गोठालोलाई मासिक भत्ता दिने नितिगत रुपमा निर्णय गरेको छ । गाउँपालीकाको तेस्रो गाउ सभाको निर्णय सार्वजनिक गर्न आयोजित सार्वजनीक सुनुवाइ कार्यक्रममा वोल्दै गाउपालिका अध्यक्ष खड्कराज सेजुवालले ६० सम्म भेडा तथा वार्खा पालन गर्ने कृषकलाई मासिक एक हजार र एक सय भन्दा माथि पाल्ने कृषकलाई मासिक दुई हजारका दरले भत्ता स्वरुप गोठालो खर्च दिने निति लिएको वताउनु भयो ।

               पचाल झरना गाउँपालीकाको आर्थिक वर्ष २०७४ । ०७५को वार्सीक समिक्षा सहीत आव २०७५। ०७६ को पहीलो चौमासिकमा भए गरेका कामहरुको सार्वजनिक सुनुवाई माघ २ गते सम्पन्न भएको हो । बुधबार पचालझरना गाउँपालिकामा रेडियो प्रदेस आवाजले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा झण्डै ८ पेजको गाउँपालीकाको प्रगती प्रतिबेदन गाउँपालीकाका अध्यक्ष खडगराज सेजुवालले सार्वजनिक गर्नु भएको हो ।

                उक्त सार्बजनिक कार्यक्रमा आर्थिक प्रगती प्रतिबेदन प्रमुख प्रशासकीय अधिकृत छक्क बहादुर शाहीले सार्वजनिक गर्नु भएको हो । कार्यक्रममा गाउँपालीकाका अध्यक्ष खडगराज सेजुवाल , उपाध्यष तारा न्यौपान, प्रमुख प्रशासकीय अधिकृत छक्क बहादुर शाही, प्राबिधिक प्रमुख कुल प्रसाद न्यौपाने, स्वास्थ्य साखा प्रमुख चन्देश्वर शाहा, पसु साखा प्रमुख कल बहादुर बम , वडा नं १ अध्यक्ष रत्न लाल न्यौपाने, , २ का अध्यक्ष करबिरे कामी, ३ का अध्यक्ष लोगजन कठाएत, ४ का अध्यक्ष अनरुप रोकाया, ७ का अध्यक्ष सर्पसिह बोहोरा, ८ का अध्यक्ष डम्बरे कामी, ९ का अध्यक्ष जोरे तिरुवा जवाफदेहि बक्तारहेको कार्यक्रममा स्थानीयले गाउँपालीकाद्धारा संन्चालीत आयोजना , औषधि खरिद, लगाएतका बिषयमा जिज्ञासा राखेका थिए ।

                           सार्वजनिक सु्नुवाईको सहजिकरण  रेडियो प्रदेस आवाजका अध्यक्ष रत्न कार्कीले गर्नु भएको हो । अधिबक्त बारयसोसीयसन कालीकोटका अध्यक्ष दमनराज बलमे सार्वजनिक सुनुवाइमा उठेका बिषयबस्तु समेटेर तयार पारेको सुझाव पत्र प्रस्तुत गर्नु भएको थियो ।