चन्द्रागिरिमा बाबा रामदेव र आचार्य बालकृष्ण जिपलाइनमा

 

४ मंसिर, काठमाडौं ।

नेपाल भ्रमणमा रहेका भारतीय योग गुरू बाबा रामदेव र आचार्य बालकृष्णले चन्द्रागिरिमा जिपलाइन यात्रा गरेका छन् । शनीबार उनीहरु चन्द्रागिरिमा योग प्रशिक्षण दिन गएसँगै त्यहाँ जिपलाइनको पनि मज्जा लिएका हुन् ।

बाबा रामदेवले शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग सिकाएका थिए । धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरि, नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको भन्दै उनले त्यहाँको स्वच्छ हावाले निरोगी बनाउने बताएका छन् ।