सवल र सक्षम सहकारी बनाउन सहकारी मर्च अभियान थालेका हौ – उपाध्यक्ष बिष्ट

सवल र सक्षम सहकारी बनाउन सहकारी मर्च अभियान थालेको त्रिबेणि गाउँपालिका उपाध्यक्ष निर्मला बिष्टले बताउनु भयो । एउटै उदश्य भएका सहकारी हरुलाई सिष्टममा चलाउनउदश्यले एक बार्षिक साधारण सभाको अबसरमा माघ ४ गते एक कार्यक्रमको आयोजना गरि छरपस्ट रहेका युएकीकृत सहकारी, गतिशिल सहकारी , उज्यालो सहाकारी र श्री बागेश्वरी सहकारीलाई मर्च गरी पहिलो सारथि सहकारी संस्थामा रुपान्तरण गरिएको त्रिबेणि गाउँपालिका उपाध्यक्ष निर्मला बिष्टले बताउनु भयो । उपाध्यक्ष बिष्टले एउटै उद्देश्य बोकेर स्थापना भएका सहकारीहरू छरपस्ट हुनु भन्दा एकीकृत हुनु राम्रो हो र सहि सिष्टमले सेवा दिन सकिने भएकाले यो मर्च अभियानको थालनि गरिएको बताउनु भयो । कार्यक्रममा बोल्दै उपाध्यक्ष बिष्टले जुन यो अभियानमा सहयोग गर्ने ४ औटै सहकारी संस्थाका पधाधिकारी हरुलाई त्रिबेणी गाउँ पालिकाको तर्फबाट बधाई दिदै यो कार्यक्रमले रूकुम पश्चिमा छरपस्ट भएका अन्य सहकारी संस्थाहरूको एकीकृत अभियानमा जोड्न तथा सवल र सक्षम सहकारी बनाउनका लागि यो एउटा महत्त्वपूर्ण शिक्षाको रुपमा लैजान आग्रह ग्रनु भयो । अब देखि सारथी सहकारी सस्थाले यस क्षेत्रको समग्र सहकारीका गतिविधिलाई नेतृत्व प्रदान गरेर साँच्चै यस क्षेत्रका आर्थिक रूपले गरिब तथा विपन्न जनता वा समुदायको सारथी बनोस भन्दै सफलताको शुभकामना दिनु भएको हो । सहकारी मर्च तथा साधारण सभाकार्यक्रममा जेष्ठ नागरीक बिरबहादुर खठ्काको अध्यक्षता कर्णाली प्रदेश माननियां देबि वलीको प्रमुख आतिथ्यता गाउंपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती मगर र उपाध्यक्ष निर्मला बिष्टको बिसेआतिथ्यता कार्यक्रम सम्पन्न भएको छ ।