कालिकोटमा संयुक्त विद्यार्थी संगठन द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

संसद विघटन गरेर असंवैधानिक र प्रतिगामी कदम चालेको भन्दै नेकपा माओवादी केन्द्र निकट भातृ संगठन क्रान्तिकारी र नेपाली काँग्रेस निकट भातृ संगठन नेविसंघले कालिकोट जिल्लामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

कालिकोटमा पुत्ला दहन गर्ने कार्य भएको अनेरास्ववियू क्रान्तिकारी का केन्द्रीय सदस्य भिम प्रसाद आचार्यले दियो खबर लाई जानकारी दिए । संकटको घडीमा मध्यराति सुनियोजित तवरले संसदको हत्या गर्नु प्रधानमन्त्री र राष्ट्रपतिको नालायकी र कायरपना भएको नेविसंघका नेता सन्तोषजंग मल्लले बताए ।

उक्त विरोध सभामा  अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भिम प्रसाद आचार्य,नेविसंघका अध्यक्ष नेत्रबहादुर शाही,बिद्यायार्थि नेता हिम्कत शाही,नेता सन्तोषजंग मल्ल ,अखिल क्रान्तिकारीका सचिवालय सदस्य हिक्मत सिंह,नरेन्द्र आचार्य,लोकेश पोखरेल,नवीन हमाल लगाएतका विद्यार्थी नेताको उपस्थितिमा कार्यक्रम गरेका थिए।

संयुक्त विद्यार्थी सङ्गठनको कार्यक्रमअनुसार यहाँका राजनीतिक दल निकट विद्यार्थी सङ्गठनले आज बेलुका पुत्ला जलाउने कार्यक्रम राखेका थिए । प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन, असंवैधानिक रूपमा विभिन्न निकायमा गरेको नियुक्ति र राष्ट्रपतिले त्यसको संरक्षण गरेको दाबी गर्दै विरोधमा पुत्ला जलाउने कार्यक्रम गरिरहेका विद्यार्थी नेतालाई केहि समय प्रहरीले पक्राउ गरेको हो ।