रविन्द्र अधिकारीलाई गलत तत्वले वाईडबडीमा जोडेर बदनाम गर्न खोजे : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनामा परि मृत्यु भएका मन्त्री रविन्द्र अधिकारी आँखामा राखेपनि नबिझाउने नेताको भएको बताएका छन् । प्रतिनिधिसभाका सांसद समेत रहेका मन्त्री अधिकारीको निधनबाट आफू अत्यन्तै दुःखी भएको समेत उल्लेख गरे । प्रधानमन्त्री ओलीले वाइडबडी खरिद प्रक्रियामा अधिकारी निर्दोष रहेको पनि बताए ।

उनले भने, अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर केही तत्वले उहाँको बद्नाम गर्न खोजको बताए । प्रधानमन्त्री ओलीले भने ‘उहाँले कुनै लोभलालचका लागि होइन, उहाँले वाइडबडीमा आफूले केही गरेको पनि छैन त्यो वाइडबडी उहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो । तर पनि नेपाल यस्तो देश भएको छ, जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने त्यस्तो प्रवृति र रुची भएका मान्छेहरु छन् । त्यो धन्दा पनि चलिरहेको छ प्रधानमन्त्री ओलीले भने ।

त्यस्तै शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले मन्त्री अधिकारीसहित सो दुर्घटनामा परी निधन हुनु भएका सातै जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । त्यस्तै प्रधानमन्त्री ओलीले सो हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका मन्त्री अधिकारीसहित सातै जनाको परिवारको अवस्था र आवश्यक्तालाई हेरेर सरकारले आवश्यक आर्थिक सहायता उपलब्ध गराउने प्रतिवद्धता पनि जनाए ।

बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका अंग रक्षक अर्जुनकुमार घिमिरेको निधन भएको थियो merodainik.com