राष्कोट पर्यटन तथा सास्कृतिक महोत्सव बैशाख ४ गतेदेखि ७ गते सम्म हुँदै

कालिकोट । कला सस्कृति तथा पर्यटन एवं औधोगिक बस्तुको प्रवर्धन गर्ने उदेश्यका साथ चार दिने कालिकोट राष्कोट पर्यटन तथा सास्कृतिक महोत्सव आयोजना हुने भएको छ ।

बैशाख ४ गतेदेखि ७ गते सम्म आयोजना हुने उक्त महोत्सव युवा जागरण अभियान कालिकोट नेपाल र युवा अधिकार वकालत मञ्चको आयोजनामा र क.न.का सुन्दरी फिल्म प्रा.लिको सह आयोजनामा हुन लागेको हो ।

निर्माणधिन अवस्थामा रहेको राष्कोट क्यापिटल हस्पीटलको सहयोगार्थ, कला सस्कृतिको संरक्षण, पर्यटन तथा औधोगिक बस्तुहरुको उत्पादन एवं प्रवर्धन गर्ने उदेश्यका साथ आयोग गरिने आयोजक कमिटिका सदस्य सुरेश शाही (सेर सिंह)ले जानकारी दिए ।

राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रश्तुती रहने महोत्सवमा लाखौँको संख्यामा सहभागीता रहने आयोजक सदस्य प्रकाश सुनार(कालिकोटे)ले जनाए ।

महोत्सवमा राष्ट्रिय कलाकारहरु महानायक राजेश हमाल, हास्यव्यंगे कलाकार कमल गाउँले, राजाराजेन्द्र पौडेल, देउडा गायक गायिका शुरेस शाही, महेश औजी, रेखा जोशी, अमर थापा, पुष्पा बोहरा, शोभा थापा, धर्मराज न्यौपाने (शिशिर), लोक दोहोरी गायक गायिका बद्री पंगेनी, टीका पुन, राधिका हमाल, पदम रोकाय, आधुनीक गायक धुर्व शाही, डिजराज पौडेल, ललितजंग शाही (सर्गम) लगाएतका कलाकारहरुको बेजोड प्रश्तुती रहने आयोजकले जनाएको छ ।