कर्णाली प्रदेश लाई नेपालकै बिकसित पर्देश बनाउने अभियानमा छौ -मन्त्री भन्डारी

आन्तरिक मामिला तथा कानुन मन्त्री नरेस भन्डारी ले कर्णाली प्रदेश लाई नेपालकै बिकसित प्रर्देश बनाउने अभियानमा लागेको बताउनु भएको छ ।कर्णाली कला केन्द्र जुम्लाको आयोजनामा गरेको शुभकामना आदानप्रदान तथा बृहत सास्कुतिक कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले अब कर्णाली प्रदेशलाई नेपालको समृद्ध प्रदेश,बिकसित प्रदेश,आधुनिक प्रदेश,मोडल प्रदेशको रुपमा यो प्रदेश लाई स्थापना गर्ने खोजिरहेको बताउनु भयो ।
कर्णालीमा अब गरिबि हेर्नेका लागी होइन अब हामि कुनै बेला भन्न सकौ बाहिरका जनातालाई समृद्धि,संस्कृति,राष्ट्रीयता र बिकाष हेर्नेका लागी कर्णाली हेन्र आउनुस भनेर बोलाउन सक्ने प्रदेशका रुपमा चित्रण गर्ने गरि काम भएरहेको बताउनु भयो ।  अब कर्णालीमा,दुखका गितहरु,कथाहरु इतिहासको पानमा सिमिति भइसकेका बताउदै अबका दिन सुखका कथाहरु ,बिकाष समृद्धिका गितहरु गाउने बेला आएको बताउनु भयो ।

कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य माननिय ठम्मर बिस्ट, बिशेश अथिती रास्टिय हास्यब्यग्य कलाकार राजा राजेन्द्र पोख्रेल , रास्टिय कलाकार गायक डिजराज पौडेल को उपस्तीथि रहेको थियो । कार्यक्रमको संचालन मध्यपश्मि बिश्वबिद्यालय इनचार्ज तिर्सना हमालले गुर्न भएको थियो ।

कर्णाली प्रदेश लाई नेपालकै बिकसित पर्देश बनाउने अभियानमा छौ -मन्त्री भन्डारी