कर्णालीको सामाजिक क्षेत्रमा बिकास गर्दे -मन्त्री रावल

दल रावल कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री हुनुहुन्छ  । मूलुक पहिलो पटक संघिय संरचनामा प्रबेश गरे सँगै ऐतिहाँसिक जिम्वेवारी पाई कार्य सम्पादन गरिरहनु भएको छ । सर्केगाड गाँउपालिका–४ गैरीसाँया, हुम्लामा २०२८ साल असार २८ गते बुवा जयरुप रावल र आमा धर्मकला रावलको कोखबाट रावलको जन्म भएको हो । २०५१ सालमा अनिता केसीसँग बैवाहिक सम्बन्धमा गाँसिनु भएका मन्त्री रावल अजय, अभय र आयुस रावल तिन वटा छोराको वुवा हुनुहुन्छ । २०३४ सालमा औपचारिक शिक्षा हाँसिल गर्न बिद्यालय भर्ना भएका मन्त्री रावलले २०४५ सालमा हिमज्योति माविबाट एसएलसी, २०५१ सालमा सप्तगण्डकी क्याम्पस चितवनबाट स्नातक र त्रिचन्द्र क्याम्पस चितवनबाटै समाजशास्त्रमा स्नातोकोत्तर सम्मको उच्च शिक्षा हासिल गर्नुभएको छ ।

श्री हिमज्योति मा.वि.सर्केगाडको विद्यालय ब्यबस्थापन समिति अध्यक्ष, गैर सरकारी संस्था महासंघ नेपालको केन्द्रिय सचिव, आग्ना, सिविकस अन्र्तराष्ट्रिय नागरिक संगठनको दुई कार्यकाल कार्य समिति सदस्य लगायतका बिभिन्न सामाजिक संघ, सस्था र संगठनहरुको नेतृत्व गर्दै समाज सेवामा सक्रिय भएका मन्त्री रावल कर्णाली प्रदेशमा आधारभुत स्वास्थ्य सेवा पुराउनुका साथै गरिखाने शिक्षा प्रणालीको विकास गर्ने अभियानको थालनीमा ब्यस्त हुनुहुन्छ मन्त्री रावल । कर्णाली प्रदेश सरकारको सामाजिक मन्त्रीको पद प्राप्त भएको जिम्मेवारीलाई ईमान्दारी पूर्वक आफ्नो क्षमताले भ्याए सम्म पुरा गर्ने, हुम्ली जनताले आफ्नो अमुल्य मतवाट प्रदान गरेको जिम्मेवारीलाई समेत मध्यनजर गर्दै अगाडी बढ्ने, जिल्ला, प्रदेश र सिङ्गो राष्ट्रको समृद्धिको यात्रामा सकेसम्म एक जना कुशल यात्रीको रुपमा प्रस्तुत हुने प्रयत्नमा कटिबद्ध मन्त्री रावल नागरिक प्रतिको जवाफदेहितालाई उच्च प्राथमिकतामा राख्दै राष्ट्रको समृद्धिका लागि योगदान गर्न ब्यस्त हुनुहुन्छ ।

गैरसरकारी संस्था मार्फत सामाजिक जागरणका अभियानहरु सञ्चालन गरेका मन्त्री रावल कर्णाली प्रदेशमा सहज स्वास्थ्य सेवा र गुणस्तरिय शिक्षा लागु गर्नमा क्रियाशिल रहनु भएको छ । समाजसेवामा अब्बल रुचि राख्ने मन्त्री रावलले अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, श्रीलंका, जापान, वेलायत, भारत, थाईलेण्ड, वंगलादेश, फिलिपिन्स लगायतका देशहरुको भ्रमण गरी त्यहाँको विकास, समृद्धिको अनुभव सम्हाल्नु भएको छ ।

राजनीतिक यात्रा –२०४४ सालमा बिद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा शुरु,२०४९ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्वतन्त्र बिद्यार्थी यूनियन सचिव, २०५१ देखि २०६२ साल सम्म सामाजिक विकासको क्षेत्रमा रही विभिन्न नागरिक संगठनको नेतृत्वदायी भूमिका निर्बाह, २०६३ साल देखि तत्कालिन नेकपा (एमाले) केन्द्रिय समावेशी विभाग सदस्य, २०६९ साल देखि नेकपा (एमाले) जिल्ला कमिटि हुम्लाको अध्यक्ष,२०७० सालको संविधानसभा निर्वाचनमा नेकपा (एमाले) को तर्फवाट हुम्ला जिल्लावाट उम्मेदवार, २०७४ सालको निर्वाचनमा नेकपा (एमाले) (वाम गठवन्धन) को तर्फवाट हुम्ला जिल्ला निर्वाचन क्षेत्र १ (क) वाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित, २०७४ साल फाल्गुणवाट कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री ।