कर्णाली प्रादेशिक पुस्तकालय स्थापनार्थ विज्ञहरूसँग बृहत् अन्तरक्रिया ।

 रूपान्तरण नेपालकाे अायाेजना र कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयकाे सहयाेगमा २०७६ बैशाख २७ गते अन्नपुर्ण चुलाे, काठमाडौंमा कर्णाली प्रदेशमा प्रादेशिक पुस्तकालय स्थापनार्थ पुस्तकालय क्षेत्रका विज्ञहरूसँग बृहत् अन्तरक्रिया गरिएकाे छ । उक्त अन्तरक्रिया कार्यक्रम कर्णाली प्रदेश सभाका माननीय सभामुख राजबहादुर शाहीकाे प्रमुख अातिथ्यता र पुस्तकालय क्षेत्रका वरिष्ठ विज्ञ इन्दीरा दलीकाे विशेष अातिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै सभामुख राजबहादुर शाहीले कर्णाली प्रलेश अन्य क्षेत्रका साथसाथै ज्ञानका क्षेत्रमा पनि पछाडि परेकाे र ज्ञान प्राप्तिका क्षेत्रमा राज्यले लगानी नगरी विकासले गति लिन नसक्ने कुरा राख्नु भयाे ।

उक्त कार्यक्रममा वरिष्ठ पुस्तकालय विद् इन्दिरा दलीले कर्णाली प्रदेशको अाफ्नै माैलिकता झल्कने खालकाे पुस्तकालय भवन बनाउनु पर्ने जुन म्यानुअल र डिजिटल हाइव्रिट लाइव्रेरी हाेस् भन्ने सुझाव राख्नु भएकाे थियाे । साे कार्यक्रममा रूपान्तरण नेपालका अध्यक्ष माेहन शाहीकाे अध्यक्षता गर्दै कुनैपनि ठाउँ विकासका लागि प्राकृतिक स्राेत साधन र अथाह सम्भावनाका कुरा गरेर मात्र हुँदैन त्यसलाई परिचालन गर्न दक्ष जनशक्तिकाे अावश्यकता पर्दछ, त्याे दक्ष जनशक्ति उत्पादन गर्ने ज्ञान केन्द्र प्रादेशिक पुस्तकालय हुनेछ भन्ने विचार राख्नु भयाे । भएकाे साे कार्यक्रममा विषय विज्ञ राष्ट्रिय पुस्तकालयका पूर्व प्रमुख यादवचन्द्र निराैंलाले प्रादेशिक पुस्तकालकाे विषयमा विस्तृत कार्यपत्र प्रस्तुत गर्नु भएकाे थियाे ।

कार्यपत्रमाथि विज्ञहरूका तर्फबाट नेपाल पुस्तकालय संघका पुर्व अध्यक्ष गिता थापा, त्रि.वि. केन्द्रीय पुस्तकालय प्रमुख अाइ.पि. अधिकारी, साेसल साइन्स वाहका जगदीशचन्द्र अर्याल, बन अनुसन्धान केन्द्रका पस्तकालय प्रमुख सुरेश यादव, केशर पुस्तकालयका पुर्व प्रमुख जानकी कर्माचार्य, पुस्तकालय अावाजका सम्पादक रमेश भुसाल, राष्ट्रिय पुस्तकालयका अधिकृत प्रेमराज अधिकारी, मदन पुरस्कार पुस्तकालयका निर्देशक राजिव सिंह, साझा शिक्षा इ-पाटीका प्रवन्धक टिकाराज कार्की, डिल्लिरमण पुस्तकालयका प्रमुख भाेला श्रेष्ठ, रिड नेपालका काेषाध्यक्ष मुरारीविनाेद पाेखरेल, नेपाल लाइव्रेरी फाउण्डेशनका महासचिव धनकुमार श्रेष्ठ, संयुक्त राष्ट्र संघसूचना केन्द्र इञ्चार्ज राजेन्द्रमान बनेपाली, वरिष्ठ कार्यक्रम अधिकृत चन्द्रकिरण श्रेष्ठ र अाइटि विज्ञ सूर्य बस्नेतले अाफ्नाे महत्त्वपूर्ण सुझाव दिनु भएकाे थियाे ।