कर्णाली प्रदेशका युवालाई कर्णालीमा नै रोजगारी दिन्छौ- मन्त्री भन्डारी

सुर्खेत÷ कर्णाली प्रदेशको सुर्खेतमा प्रदेश स्तरीय २ दिने युवा सम्मेलन आईतबार देखि शुरू भएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले एक समारोहको बिच पानसमा दीप प्रज्जवलन गरि युवा सम्मेलनको उदघाट्न गर्नुभएको हो । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कर्णाली प्रदेशका युवाहरुलाई कर्णाली प्रदेशमा फर्किन आग्रह गर्नुभएको छ ।

कर्णालीका ब्यरोजगार युवाहरुलाई रोजगारीको सिर्जना गर्ने गरी सरकारले रोजगार कार्यक्रमको थालनि गरिरहेका बताउनु भयो । उहाँले कर्णाली प्रदेशको समग्र विकास तथा प्रदेशका युवालाई अगाडि बढाउन प्रदेश सरकार सदैव तत्पर रहेको बताउनुभयो । त्यसका लागि प्रदेश सरकारले विभिन्न उद्यमका लागि बजेट बिनियोजन गरेको जानकारी दिँदै मन्त्री भण्डारीले कर्णाली प्रदेशलाई विश्वमा चिनाउन युवाहरु जुट्नु पर्ने बताउनुभयो ।                                                                                               

कार्यक्रममा बिरेन्द्रनगर नगरपालिकाका उमप्रमुख मोहन माया ढकाल, सामाजिक विकास मन्त्रालयका सचिव डा. मान बहादुर विक, शिक्षा विकास निदेशनालय सुर्खेतका उपसचिव हेमराज पोखरेल, सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखाका उपसचिव जवाहरलाल हमाल, मध्यपश्चिमाञ्चल विश्व विद्यालयका डिन अनन्तराज घिमिरे, कोकाकाला नेपालका विक्रम केसी, नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बानिया, नेपाल युवा परिषद प्रदेश नं.५ का संयोजक सोम गुरुङ्ग, नेपाल युवा परिषद सुदुरपश्चिमका संयोजक बशन्ती सापकोटा, नेपाल युवा परिषद प्रदेश नं.१ का संयोजक सुशिलराज वर, नेपाल युवा परिषदका केन्द्रिय सदस्य किशोर न्यौपाने लगायत विभिन्न संघसंस्थाका पधाधिकारीहरुको उपस्थित रहेको थियो ।

नेपाल भमर्ण बर्ष २०२०, युवा उद्यमशिलता, जलवायु परिवर्तन तथा युवा नेतृत्वका बारेमा परिषदले युवाहरुलाई प्रशिक्षण दिइनेछ । १८ देखि ३० बर्ष उमेरका युवाहरुलाई बिरेन्द्रनगरमा भेला गराई युवाहरुलाई सकाराथ्मक सन्देश फैलाउन सम्मेलन गरिएको एलिशा डिसीले बताईन् । सम्मेलनमा पहिलो दिन युवा उद्यमशीलता, युवा नेतृत्व, पर्यटन, स्वरोजगारको बिषयमा कार्यपत्र प्रस्तुत भएको छ । त्यस्तै गरि आज दोस्रो दिन दिगो विकास लक्ष्य, वातावरण तथा जलवायु परिवर्तन र सुचना प्रविधिसँग सम्वन्धित विषयहरु विभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ ।

नेपाल युवा परिषद,नेपाल युवा परिषद कर्णाली प्रदेश , नेपाल युवा परिषद जिल्ला शाखा सुर्खेतको आयोजना तथा समाजिक विकास मन्त्रालय कर्णाली प्रदेश , उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालय र विरेन्द्रनगरपालिका लगायतको सहकार्यमा सम्मेलनको आयोजना गरिएको हो ।नेपाल युवा परिषद् कर्णाली प्रदेशका संयोजक ईन्द्रजित सुनारका अनुसार सम्मेलनमा १० वटै जिल्लाका करीब २०० जना युवाहरूको सहभागिता रहेको छ । ‘उद्यमी युवा समृद्ध देश ः दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने नाराका साथ शुरू भएको सम्मेलनले युवालाई उद्यम र पर्यटन प्रवद्र्धनका क्षेत्रमा सरकारले प्रभावकारी कदम चाल्ने सन्देशसहित सुर्खेत घोषणापत्र जारी गर्दै सोमबार समापन हुनेछ ।