पराजित उम्मेद्वारले दिए मतदातालाई माक्स

नेपाली कांग्रेस कालिकोटका महासमिति सदस्य तथा नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रंग शाहीले कालिकोटमा माक्स बितरण गरेका छन् । २०७४ सालको प्रतिनिधि सभा निर्बाचनमा कालिकोटबाट पराजित उम्मेद्वार समेत रहेका शाहीले बिश्वभरी फैलिरहेको कोरोना भाईरसको महामारीका बेला गृह जिल्लाका स्थानिय नागरिकहरुलाई माक्स बितरण गरेका हुन् । प्रतिनिधि सभामा पराजित उम्मेद्वार शाहीले जिल्लाबासीहरुलाई कोरोनाको संक्रमरणबाट बच्नका लागि सचेतना जोगाउदै मतदातालाई माक्स बितरण गर्ने अभियान थालेको बताए । उनले सोमबार जिल्ला सदरमुकाम मान्म बजारको प्रतिमा चौकबाट माक्स बितरण अभियान सुरु गरिएको बताए । उनले भने, पहिलो चरण एक हजार माक्स बितरण गरिएको छ । बजारमा माक्सको अभाव छ । तर पनि थप माक्स खरीद गरी गाँउ गाँउसम्म बितरण गर्ने तयारी छ । उनले आफु गत २०७४ सालको प्रतिनिधि सभाको निर्बाचनमा पराजित भएपनि यहाँका नागरिकहरुको सेवाका लागि सधै लागि रहने बताए ।

२०७० सालमा भएको दोस्रो संबिधान सभा निर्बाचनका बेला समेत पराजित भएको महासचिव शाहीले भने, मैले नेपाली कांग्रेस जस्तो मुलुकको ठुलो लोकतान्त्रीक पार्टीबाट दुई दुई पटक सांसदको उम्मेद्वारको टिकट पाएर जनताको बीचमा जाने अवसर प्राप्त गरे । मेरा लागि राजनीतिक जीवनकै सबै भन्दा सुनौलो अवसर थियो । २०७० साललमा साडे आठ हजार मत ल्याएर पराजित भएको उममेद्वार २०७४ सालमा भएको प्रतिनिधि सभा निर्बाचनमा तत्कालिन नेकपा एमाले र नेकपा माओबादी केन्द्र मिलेको अवस्थामा साडे १६ हजार मत पाँए । ३० हजार मतान्तरको अवस्थामा चुनावी मैदानमा गएपनि जनताको साथले ४ हजार ६ सय मतले पराजित भए । सबै कालिकोटवासीले मलाई आफ्नो प्रतिनिधि बनाउन खोजेकै हुन् । तर झिनो मतले मैले जनताको प्रतिनिधि बन्न पाँइन । सांसद भएर लोगो लगाउन नपाए पनि जनताको अपार मायाले म सधै कालिकोटको विकास र समृद्धिको अभियानमा एक कदम पनि पछाडी हुदैन् । हरेक जितेको उम्मेद्वारको भन्दा एक काम भएपनि बढी गर्ने मेरो प्रतिबद्धता छ ।

कार्यक्रममा नेपाली कांग्रेस कालिकोटका सभापति हर्स बम र सहसचिव दमनबहादुर शाहीले कोरोना भाईरसको जोखिम न्यूनिकरण गर्न गाँउ गाँउमा कार्यकर्ता खटाईएको जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेसले सरकारले गरेका कामहरुमा साथ दिदै जनताको जिउ धनको रक्षाका लागि सबै भातृ संस्थाहरु, पार्टीका नेता तथा कार्यकर्ताहरुलाई खटाईएको छ । गाँउवासीहरुलाई एक ठाँउबाट अर्को ठाँउमा नजान, भीड, भेला तथा अन्य कार्यक्रमहरु नगर्न, दैनिक साबुन पानीको प्रयोग गर्न, घरायसी सरसफाईका साथै सुरक्षित ठाँउमा बस्नका लागि सबैलाई अपिल गरेको छ । कार्यक्रममा नेपाल बिद्यार्थी संघका कार्यबाहक अध्यक्ष जगतजंग बिष्टले कोरोनाबाट जनतालाई जोगाउन सचेतनामुलक अभियान सुरु गर्ने बताए । उनले भने, नेबिसंघ कालिकोट गाँउ गाँउमा पुग्छ । एक व्यक्ति एक घरमा गएर कोरोना भाईरसको संक्रमणबाट जोगिन अफिल गर्छ ।