पलाँता सरकारको लोगप्रियता माथि सकृय गुडको निरन्तर हमला – धनहादुर

विश्व कोभिड 19 को माहामारिमा फसेर अातङ्कित भएको छ तर पछिल्लो चरण पलाँता सरकारले निरन्तर दोहोरो माहामारिमा फसेर सामाना गर्दै अघि बढ्नु पर्ने बाध्यता देखिएको छ । पलाँता सरकारले राज्यको अबिकसित र बिकट क्षेत्र र सामाजिक हिसाबले अबिकसित साथै घृणा को भुमि बनेको पलाँतालाई माथि उठाइ यहाँको स्वास्थ्य , शिक्षा , यातायात , बिद्धुत , खानेपानी , बनबाताबरण लगाएतका क्षत्रको बिकास गरि 5 बर्ष पछिको पलाँता सुन्दर , समृद्ध र सुखि पलाँता निर्माणमा जोड दिदै अघि बढेको कुरामा सबैले बिस्वास गरेकै थियो र कार्यनयन मा बिस्वस्नियता दिलाउदै अाएको थियो । शिक्षाको क्षत्रमा माटोमा बसेर अाकासमा बादल अाए बिदा गर्नु पर्ने बिद्यालय भएको पलाँतामा अाज पक्कि भबन धमाधम बनेका छन यहि गति हेर्ने हो भने पलाँताको नीति तथा कार्यक्रममा 4 बर्ष भित्र प्रयाप्त गुणस्तरीय भौतिक संरचना निर्माण हुने कुरामा दुइमत छैन । 12 कक्षा सम्म निसुल्क शिक्षा लागु छ । 13 वटा बिद्यालय नमुना बिद्यालय छनोट गरि बिद्यार्थी को माग अनुसार अङ्ग्रेजी माध्यम पठाई सुरु गरेको छ निजि बिद्यालय बन्द गरेको छ पालिकामा महिला साक्षरता तथा ससक्तिकरण अायोजना संचालन गरेर सक्षम साथै मशिलालाई उद्धमि बनाउदैछ भने किशोरी कार्यक्रम चलाएर किसोरिलाई सामाजिक शसक्तिकरणतिर लगेको छ साथै रोजगारि दिएको छ सरस्वती मा बि थिर्पुलाई अाबासिय बिद्यालय र सरस्वती मा बि राडुनेटा साथै देउलि माबि उखाडिमा कृषि बिषय पढाइ सुरु गरेको छ प्रत्यक बिद्यालय मा खेल शिक्षक प्रत्यका माबिमा कम्प्युटर ल्याप र शिक्षक , प्रत्यक मा बिमा चौकिदार अनिवार्य पुस्तकालय का लागि पुस्तकालय सहजकर्ता को ब्यबस्थापन गरेको छ । स्वास्थ्य मा प्रत्येक वडामा जनस्वास्थ्य सेवा केन्द्र नामाकरण गरेर स्वास्थ्य सस्था स्थापना गरेको छ 15 सैया अस्पताल सेवा सुचारू को अन्तिम संघारमा पुर्याईएको छ । अायुबेर्द अौषधालयको स्थापना साबिकको खिन र धौलागोहमा स्थापना गरेर सेवा दिएको छ । भौतिक संरचना यो बर्ष पूरा हुदैछन । खानेपानि सम्पूर्ण वडामा एक घर एक धाराका लागि अार बि टि सम्म पानी पुर्याइ सकेको छ र 16 सय घरमा मिटर सहितको धारा जोडिसकेको छ र यो बर्ष पालिकाको सबै घरमा धारा पुग्ने नश्चित छ । बिद्धुत 75 % घरमा बलि सकेको छ भने बाँकि 25% को घरमा लाईन बिस्तार गर्न मात्र बाँकि छ र लकडाउन र अाराजक तत्वको अबरोधका कारण मात्र रोकिएको छ । सडक 5 बडा छोइसकेको छ भने थाप्लो को रसनित्याउने पलाँताको उकालो मा गाडि गुडाएर सेवा सुचारु गरि सकेको छ राडुनेटा जिप पुग्छन भने खिन जाँफे सम्म ट्याक्टर ले सेवा दिसकेको छ । यो अबरोध नभएको भए यति समय सम्म खिन नेटा पुग्नेमा दुई मत थीएन भने धौलागोह हुँदै छलाहाँ सम्म जिप पुगिसक्ने थियो । सिचाईका बिरियत अायोजना मार्फत खिन 200 एम एमको पानी झर्दैछ भने फागोटि ,पुलाहा ,डोरि ,रिमा थिर्पु , दाम्रि ,खिर्पि, दैनिकर लगाएत थुप्रै ज्युलामा पक्कि नहरहरु कतै सम्पन्न भएर पानी संचालन त कतै अन्तिम चरणमा पुगेका छन । माथिल्लो दाम्रिगाड , नुवारे , छहरि फागोटि ,उखाडि , जाँफेगाड , भुचिखोला मा झुलङ्गे पुल र ट्रस पुल निमाण गरेको छ भने दाम्रिगाड र तिप्गाडमा पक्कि पुलको निर्माण प्रकृया स्वलटेस्ट सकेर डि पिअार सकि ठेक्का प्रकृया सुरु हुदैछ । 6 लाख भन्दा बढि फलफुलका बिरुवा किषानलाई बितरण गरेर हुर्काएको छ भने बन पैदावारमा ठूलो उपलब्धि हासिल गर्ने दिसातिर उन्मुख भएको छ । रोजगारिको सन्दर्भमा 13 जना सिभिल र 3 जना इलेक्ट्रोनिक प्राबिधिक , महिला साक्षरता तथा शसक्तिकरण परियोजना मा 24 जना , किशोरी कार्यक्रममा 11 जना , बनमा 35 , खानेपानि 1 , रेडियोमा 7 जना , वडामा 18 जना ,कृषिमा 5 जना , भेटनरिमा 3 , शिक्षामा 72 जना , स्वास्थ्य मा 48 जना , गापा कार्यालय मा कास क्प्युटर अप्रेटर र सहयोगी 15 जना बिद्धुत मा 11 जना , गाडिमा 8 जनालाई सेलरि बेसमा र निर्माण दलमा 150 जनालाई नन्सेलरि बेसमा रोजगारी सृजना गरेको छ यो पालिकामा स्थाई बाहेकको रोजगारि हो । पुर्ब जनमुक्ति सेनालाई सहकारि , सुपथ मुल्य पसल स्टेसनरि,कुखुरा पालन र गाडि मर्मत जस्तो स्वरोजगारमुलक रुपमा अनुदान दिएर रोजगारि बनाएको छ । बिपन्न परिवारलाई चाडपर्वमा खाद्यान्न र अन्य सामाग्री बितरण गरिरहेको छ । बिपन्न परिवारलाई उपचार खर्च समेत पालिकाले ब्यबस्थापन गर्दै अाएको देखेका छौ । बर्षको दुईपटक सार्वजनिक लेखापरिक्षण प्रत्यक वडामा गएर सन्चार माध्यामका साथ गरिरहेकै छ । रङ्गसाला निर्माणको काम मध्यतिर पुगेको छ भने सम्पूर्ण भौतिक संरचनाको नामाकरण सहिदको नाममा गरिएको छ । खिन र धौलागोहको बिच कयारदेवमा रबिन बहुमुखी क्याम्पस स्थापनाका लागि जग्गाको बन्दोबस्त र अनणय पहलकदमिका लागि 2076 को दोस्रो सभाबाट समिति गठन गरि सकेको छ भने कयारदेवमा प्रहरी चौकिको लागि सभा हुँदै जिलला प्रदेस हुँदै संघ सम्म पलाँता सरकारले पुर्याएको देखिन्छ । पलाँता संचार केन्द्र मार्फत रेडियो स्थापना गरि स्थानिय तहको पहिलो रेडियो स्थापना गरि सेवा दिएको छ । विभिन्न संघ सस्था सँग समन्य गरि अाफ्नो मोडलमा लगेर परिचालन गरि बिकास निर्माण लाई तिब्रता साथ अघि बढाइएको छ पलाता सरकारले र यसको मुख्य भुमिका र सृजनसिलता अध्यक्ष को रहेको छ । अाज प्रमाणित भएको छ अध्यक्ष लक्ष्मण बम बाहेक जो भएपनि पलाँताको बिकासमा यो प्रगति देख्न सकिने अबस्था थिएन भन्नेमा सचेत नागरिक सबै प्रष्ट नै छन । हिजोको पलाँताको नेतृत्व बिकास क्रम र अहिले अन्य पालसकाको बिकास क्रमले पनि थप यस बिषयमा जान्ने र बुझ्ने अबसर दिलाएको छ । चुनाबमा जनतालाई दिएको अासपासन र प्रतिबद्धता मा एक ईन्च पछि नसरेर अन्य बिकास साथै समयमै पालिकाको सेन्टर टुङ्गो लगाएर निसुल्क जग्गा पालिकाको नाममा लिन सफल भएको पाईन्छ यहि पालिकाको जग्गाका लागि अध्यक्ष ले अाफुले जोखिम मोलेर जग्गा धनिका प्रतिबद्धता पूरा गर्न घरमा सडक , उद्दमि गाउँ , घरघरमा सौचालय , घरघर बत्ति , प्रयाप्त खानेपानी उपलब्ध गराएर पालिकाको सेन्टर सम्म सडक मसान्तसम्म पुग्ने गरि काम गरिरहेका छन भने ,