संघियताको परिचयमा अल्मलिएको म र मेरो समृद्धिको यात्रा -अध्यक्ष बम

आज मेरो देश नेपाल शिशु स्यारमा ब्यस्त रहेकि आमा जस्तै गणतन्त्रलाई स्यारसुसारमा बेस्त रहेको अनुभुती आज हामीलाई परिरहेको छ । देशले लामो संकट पछि जन्माएको यो गणतन्त्र छैटि पछि मंलेरिको ब्याख्या एक थियो त न्वारन पछि ज्वतिस को ब्याख्या एक रहदैआएको थियोे त आज मन्डेश्वरिमा भर्ना हुदा गुरु आमा अनि मन्डेश्वरि परिवारले चालचलन र आनिबानि अनुरसार आफ्नै ब्याख्या अनुसारको नामाकरण गरि रहेका छन । आमुल परिवर्तनको एजेन्डा बोकेर आएको यो शिशु शितिज पारिको किरण बनेर थुप्रै चुनौति झेल्नुपरेको छ मौषम प्रतिकुलताले किरण छेकिएका छन त यहि समयमा सुर्य चन्द्र र पृथ्वी एउटै रेखामा परेर ग्रहणको सामान गर्नु परेको छ । हाम्रो परम्परा अनुसार छैटिमा कोरिएको कर्म रेखाले भबिस्य निर्धारित गर्छ न्वारनमा जोतिसिले तयार गरेको कर्म कान्डले यात्रा सहज सरल बनाउछ र भबिष्य राम्रो बनाउछ अनि केही बाँकि उस्को मेहनतले पनि भबिष्यलाई उज्वल बनाउछ भन्ने सुनेका थियौ त्यसैले सामाजिक परम्परा ,जोतिस शास्त्र र शिशुको स्वभाव जन्य कृयाकलापमा बिस्वास राख्दै अघि बढिरहेछौ ।

मैले बिस्वास गर्ने माक्र्सवाद लाई आदर्स ठान्दै ,बिज्ञानलाई किताब मानेर , सामाजिक परम्परालाई फिल्टर भित्र राखेर दैनिकि चलाइरहेको छु । यहाँ शिशु अबस्थामा रहेको गणतन्त्रको भ्रुण बिकाशमा लागेको दस बर्षको त्यो अथक त्याग तपस्या र संघर्ष , ज्ञढ दिन लामो प्रस्वबपिडाको छट्पटी अनि छैटि र न्वारान मा दुइपटकको पारिबारिक मा परेको समस्या र जिम्मेवारी पछि तयार भएको जन्म कुन्डलि को अबलोकन र सहभागिता हुदा यस प्रतिको बुझाइ ,आशा र अपेक्षा मा कुनै कसुर राखेको थिएन । किनकि यहाँ घ तले शुबिधा सम्म्पन्न महल निर्माण भएको छ । ठछघ गुणस्तरीय कोठा सजिएका छन । त्यी कोठा पाँच बर्ष सम्म भाडामा दिएर निर्माता ढुक्कसँग दैनिकि गुजार्ने ठाउँमा छन । कोठा कोठामा सौचालय छन ,प्रत्यक कोठामा आफ्नै भान्साको ब्यबस्थापन गरिएको छ , तातो चिसो पानिको लाईन जोडिएको छ ,फरकफरक पासपोर्ट मा चल्ने इन्टरनेट छ,आफ्नै सुईच थिचेर बत्ती बाल्ने ब्यबस्था छ , आगनमा पार्किङ को बन्दोबस्त मिलाएको छ ,सबै कोठामा टेलिभिजनको ब्यबस्था छ , सबैले टेलिफोन गर्न लाईन जोडिएको छ र यो ब्यबस्थापनले हामिमा एक उर्जा थपेको र आशा पलाएको थियो र हामिले सबैलाई आशा बाँडेका थियौँ । किनकि स्वरुपमा हामी बस्ने महल परिपक्वता देखिन्छ तर समचार सुन्दा टेलिभिजन ले झ्यारझ्यार गरिरहन्छ ,ईन्टरनेटले फन्को मारि रहन्छ ,तातोपानी खोज्दा पावरले काम गरि रहेको छैन, बिद्धुतिकरणमा संचित छ्यामता नहुनुले मैनबत्तिको साहारा अनिवार्य भएकोछ ।

ग्यासको अभाबमा गागो बाल्न महलको सजावटले संकट पैदा गरेको छ , भौगोलिक कठिनाईले खानेपानिसँग साप्ताहिक भेटघाट हुन्छ र सौचालय प्रयोग र सरफाईमा चुनौति देखिएको छ । टेलिकमले प्रबिधिको दुनियाँलाई दोस दिदै भेटघाटमा मन्दता देखाएको छ । समस्या समाधान खोज्दा श्रोत एउटै भएकोले श्रोत प्रणालिले सहजै एउटाले चाहे सामाधान असम्भब देखिन्छ । सामाधान पछि दौडिदा प्रकृयाले मालिक खोज्छ र मालिक लाई सुबिधा भन्दा भाडामा मात्र चिन्तित भएकोले भाडा कबुलको समयमा भेट हुनेछ र त्यो समय छ बर्ष सकिने समयको मुखमा हुनेछ ।

आज हामी न अभिभाक हुनसकेका छौ न अभिभाबकको अनुभुती गर्न सकेका छौ हामी मा अन्यौलता ले जरा गाडेको छ उधारणमा बिकाशका लागि बजेट कार्यनयन प्रकृया मा कहिले योजना माग ,कहिले बजेट माग , कहिले निकासा माग त कहिले कार्यनयन पद्धति र प्रकृया माग बजेट कार्यनयन को समय रेखा तोकेको छ निकासा नभई सम्झौता गर्न मिल्दैन सम्झौता नभई काम अधि बढाउन मिल्दैन माथिल्लो तहले घोषणा गरेको बजेट बाटोमा ढ मैना लगाउछ ठेक्का गर्न र सम्झौता गर्न दुई मैना लाग्छ बाँकि रहेको एक मैना भुक्तानी र प्रतिबेदनको काम कार्यनयन कहिले रु र प्रभाबकारिताको समय खै रु दैनिकि हाम्रो यसै पछि मात्र भागाभाग मा चलिरहेको छ तलै पिच्छे चाल चलन र रहनसहन फरक छ मैले बुझेको गणतन्त्र र आज भोगेको र देखिरहृको साथै हरुले व्याख्या गर्दाको गणतन्त्र फरक देखिरहेको ले म र मेरो यात्रा बिचबाटोमै अल्मलिएको छ यात्रा सुचारु छ सहि र सरल बाटो को खोजि गरिरहेको छु ।