अध्यक्ष वम द्धरा जितेबजारमा शौर्य बत्ति जडान जनतामा खुसियाली

कालिकाेट जिल्लाकाे चर्चित हाट बजारकाे रुपमा परिचित जिते बजारले बल्ल साैर्य बत्ति पाएकाे छ । जिते बजारमा मजबुरि गरेर खाने कामदारहरुले  राति भारि बाेकेर झाेलुंगे पुल र बजारमा सामान ढुवानि गर्दा अाफुहरुले खेपेकाे पीडा मनकारि पलाँता गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती कान्छा सँग गुनासाे गरेपछि अध्यक्ष बमले सडक साैर्य बत्ति बजार र पुलकाे छेउमा जडान गरिदियका हुन् ।

सडक साैर्य बत्ति जडान गरेकाे दिनबाट हाटबजारमा सामान बाेक्ने मजदुरहरुलाई सहज भयकाे  स्थानिय बजारबासि हरिकृष्न बमले बताए । कर्णाली राजमार्ग बाट कर्णाली करिडाेरमा सामान पुर्याउन कर्णाली नदिमा रहेकाे झाेलुंगे पुलकाे साहायता बाट मजदुरले सामान वारपार गर्ने गरेका छन् । एकातिर कर्णाली अर्काे तिर तिला नदिकाे सुसाहटले बिछिप्त बनेकाे जिते बजारमा दुई चार पैसा कमाउन जिल्लाका विभिन्न ठाउबाट काम गर्ने मानिसहरुकाे भिड लाग्ने गर्दछ । कसैले दिनमा काम गर्छन भने कसैले रातिकाे समयमा काम गर्ने गर्दछन् । रातिकाे समयमा काम मजदुरहरुले माेवाईलकाे उज्यालाे मुखमा च्यापि सामान ढुवानि गर्ने बाध्यता हटेकाे छ ।

पलाँता गापाका अध्यक्ष बमले भने अाफु सँग रातिकाे समयमा सामान ढुवानि गर्दा लडेका करिब १० जना मजदुरले अाफ्नाे पीडा गह बुझ्दै सुनायपछि अाफुले ब्याजे रुपियाँ निकालि करिब ४ लाखकाे लगानिमा साैर्य बत्ति जडान गरिदियकाे हुँ । हाम्राे प्रश्नकाे जवाफ दिदै फेरि गापा अध्यक्ष बमले भने अाफुलाई जाेले जसरि बुझ्छ उस्काे अधिकार भएकाेले काग कराउदै गर्छ पिना सुक्दै गर्छ हात्ती लम्कदै गर्छ ।  हामिले फेरि प्रश्न गरेउ तपाईं पलाँताकाे अध्यक्ष हाेकि जिते बजारकाे अध्यक्ष हाे ? वारि खाँडाचक्र पारि नरहरिनाथ पर्दैनर ! यस्ताे प्रश्न गरेपछि फेरि गापा अध्यक्ष बमले भने , याे कुनै लाेकप्रियताका लागि भन्दा पनि जहाँ जनताकाे समस्या छ त्यहि समाधान गर्ने हाे । सबैलाई थाँहा छ म कुनै सम्पन्न, हिजाेकाे सामान्त घरपरिवारमा हुर्केर जनप्रतिनिधि भयकाे हाेईन, म बिपन्न, बेसाहारा र सामान्य परिवारमा जन्मेका कारणनै हाेला जुनसुकै ठाउका बिपन्न, निमुखा दैनिक मजबुरि गरेर खानेहरुकै पक्क्षमा अाफ्ना दिन बितेका छन, केही बचायर सहयाेग गर्ने गरेकाे छु । अाजभाेलि जिते बजारका विभिन्न ठाउमा ५ वटा सडक साैर्य बत्ति जडान गरेपछि रातिकाे समयमा  झिलिमिलि भयकाे छ ।

जितेबजारमा रहेका स्थानिय ब्यबसायीहरुले पनि पलाँता गाउपालिका अध्यक्षकाे ब्यक्तिगत लगानि बाट गरियकाे यस्ताे सहयाेग प्रति अाभार प्रकट गर्दै धन्यबाद दियका छन् । जितेबजारमा रहेकाे एक मात्र फेरिलाई बर्खाकाे समयमा नदिले बगायर लियकाे छ । कर्णाली करिडाेरकाे विभिन्न ठाउमा सडक भत्केका कारण यात्रुहरुले साष्ति पायका छन् ।  जिल्लाकाे सान्तिघाट र फुगाडमा कर्णाली करिडाेरनै ध्वस्त पारे पछि यात्रुबाहक जिपले समेत सटहि गरेर यात्रुहरुलाई अावत जावत गराउन सहज भुमिका निर्वाहा गरेका छन् ।केही अबरुद्व सडक पलाँता गापा,  पँचालझरना गापाले सान्तिघाट सम्म निर्माण गरि सञ्चालनमा ल्यायका थिय । अब जिते बजारमा राति काम गर्ने मजदुरकाे माेवाईल मुखमा च्यापेर भारि बाेक्ने दिन हटेका छन । बजारकाे विभिन्न ठाउँ र पुलकाे छेउ छाउमा टरि जम्मा ५ वटा सडक साैर्य बति जडान गरियकाे छ ।