उत्कृष्ट काम गर्ने निमार्ण ब्यवसायी मानव बम लाई रास्कोट नगपालिकाले दियो उत्कृष्ट पुरुस्कार

कालिकोट – रास्कोट नगरपालिकाद्धारा सम्मानित भएका निर्माण व्यवसायी मानव वमले आफुले पाएको पुरस्कार रकम मजदुरलाई हस्तान्तरण गर्ने बताएका छन ।

 

रास्कोट नगरपालिकाको नगरसभाले समयमै, मापदण्ड सहित उत्कृष्ट काम गरेको भन्दै बसना निर्माण सेवाका प्रमुख तथा सफल निर्माण व्यवसायी युवा नेता बमलाई रकम सहित सम्मान गरेको थियो । वमलाई प्रदान गरिएको पुरुस्कार रकम रास्कोटकै मजदुरलाई सहयोग गरेर हस्तान्तरण गर्ने प्रतिवद्धता गरेका छन ।

कर्णाली प्रदेश तथा अन्य देशका बिभिन्न प्रदेशहरुमा निर्माणका कामहरु तोकिएको मिति अगाबै सम्पन्न गर्ने निर्माण ब्यबसायी मानव बम सम्मानित हुनेभएका छन् । कर्णालीका बिभिन्न जिल्लामा सडक,खानेपानी,बिद्युत्त,भवन तथा अन्य क्षेत्रमा काम गर्ने क्रममा युवा निर्माण ब्यबसायी मानव बमले तोकिएकै मिति अगावै काम सम्पन्न गर्ने र काम गर्ने मजदुरहरुको रकम पनि समयमा नै उपलब्ध गराउने भएकोले बमको उच्च मुल्यांकन गर्दे कालिकोट जिल्लाको राष्कोट नगरपालिकाले सम्मान गर्ने निर्णय गरेको हो ।

भर्खरै सम्पन्न नगरसभाले मानव बमले राष्कोट नगरपालिकाको फुकोटमा रहेको जनजागृति उच्च माबि डुंग्रिडाँडाको २ तले ४८ पिल्लरवाला गुणस्तरीय भवन तोकिएको मिति अगावै सम्पन्न गरि विद्यालयलाई हस्तान्तरण गरेपछि नगरसभाबाट सम्मान गर्ने निर्णय गरिएको राष्कोट नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बरालले बताए ।

नगर प्रमुख बरालका अनुसार गएको बर्खामा बाढि पहिराले बाटो घाटो, सडक अबरुद्ध हुदा पनि, कोभिडले स्थानीय नागरिकलाई त्रसित र थिलो थिलो बनाइरहेको अबश्थामा पनि, यातायातका साधन ठप्प रहेको बेलामा पनि निर्माण ब्यबसायी मानव बमले जिम्मा लिएको जनजागृति उच्च माबि डुंग्रिडाँडाको २ तले ४८ पिल्लरवाला भवन तोकिएको मिति अगावै सम्पन्न गरेकाले नगरसभाद्धारा प्रशंसा पत्र र रु १५ हजार नगद सहित सम्मान गर्ने निर्णय गरिएको बताए।

नगरपालिकाले गरेको सम्मान प्रति निर्माण ब्यबसायी बम खुशि हुदै उपलब्ध अक्षरुपि नगद १५ हजार रुपियाँ आफना साइट इन्चाज देवमनि धमाला र हिक्मत बहादुर बम द्धारा आफुलाई यो स्थानमा पुर्याउने कामदारहरुलाई शो रकम उपलब्ध गराउने बताए । जनजागृति उच्च माबि डुंग्रिडाँडाको २ तले ४८ पिल्लरवाला भवन निर्माणका लागि वाई।एस।एस।श्री बसनाथ जेबि फर्मले जिम्मा लिएको थियो ।

अबको दिनमा यसरीनै तोकिएको मिति अगावै बलियो र भरपर्दो काम सम्पन्न गर्ने निर्माण ब्यबसायीलाई सम्मानित गर्ने, पुरुस्कृत गर्ने र बर्षौ देखि निर्माणको कार्य अलपत्र पार्ने निर्माण ब्यबसायीहरुलाई बहिस्कार गर्ने फर्म कालो सुचिमा राख्ने निर्णय समेत स्थानिय तहले पारित गर्नु पर्ने नगर प्रमुख बरालको भनाई छ । onlinenewskhabar.com साभार गरिएको हो ।