समाजसेवी तिर्थ सुनार द्धारा खेलाडीलाई टिसर्ट हस्तान्तरण

माहाशिवरात्रीको अवसरमा सुर्खेतको सिम्ता गाँउपालिकामा हुनगइरहेको ब्यान्टमिन्ट प्रतियोगिताका खेलाडीलाइ समाजसेबि सुनारले जर्सी वितरण गर्नुभएको छ। नेपालको खेल उझेलमा परिको समयमा यसको प्रबर्धनका लागी ग्रामिण क्षेत्रका खेलाडीहरुलाइ जर्सी हस्तान्तरण गरिएको हो ।

उहाँले खेलक्षेत्रमा लागेका खेलाडीलाइ प्रोत्सान गर्नको लागी आफुले थोरै भएपनि सहयोग गर्न पाउदा निकै खुशि भएको सुनारले बताउनु भयो। उहाँले क्लबले खेलकुदका माध्यम बाट स्वास्थ्य र समाज निर्माण गर्नुका साथै खेल र खेलाडीको स्तर वृद्धि गर्दै जान सक्ने भएकाले क्लबलाई सहयोग गरिएको जिकिर गर्नुभयो । स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद भन्ने नारा दिएपनि सरकारले खेलक्षेत्रमा लगानी गर्न नस्कदा धेरै खेलाडीहरु पलायन भएको बताउनुभयो।

समाजसेवी सुनारले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ। कोरोना माहामारीले रोजगारी गुमाएका मजदुर, विधार्थी र वृद्धावृद्धिहरुलाइ पनि समाजसेवी सुनारले सहयोग गर्नुभएको हो यस्तै आगामी दिनमा पनि विभिन्न क्षेत्रमा समाजसेवा गर्ने आफ्नो लक्ष्य रहेको बताउनु भएको छ।