कर्णाली सरकारका तीनजना मन्त्रीले दिए राजीनामा

सुर्खेत। कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन् । कर्णाली सरकारका अर्थमन्त्री बेदराज सिहं, सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै प्रदेश सरकारमा पनि हलचल मच्चिएको छ । राजीनामा दिएको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा तीनैजनाले केन्द्रमा फेरिएको समिकरणका कारण नयाँ गठबन्धनका लागि मार्ग प्रशस्त गरिदिन राजीनामा दिएको बताए ।