बाढी,पहिरो पिडित लाई उद्धार तथा सहयोग गर्दै युवा नेता खेमबहादुर सिंह

निरन्तर बर्षाका कारण कालिकोट जिल्ला महावै गाउँपालिका वडा-७ राम्नीमा गएको पहिरोले घर भत्किदा मृत्यु भएकि स्मृति अधिकारी लाई नेकपा माओवादी केन्द्र महावै गाउँ कमिटीले आर्थिक सहयोग गरेको छ ।मृत्क भएकि अधिकारीका बुवा लाई नगद रु १० हजार सहयोग गरेका छन् ।

महावै गाउँपालिका वडा-१ कतम्पुर मा पनि घर भत्किएका बाढी,पहिरो पिडित लाई नगद रु १० हजार आर्थिक सहयोग गर्न अहिले बाटोमा हिड्दै गरेको बताए।,

सो गाउँपालिका वडा-२ ओदानकु मा पनि अभिरल बर्षाका कारण घर भत्किएका लाई पनि नगद रु १० हजार सहयोग गरेको नेकपा माओवादी केन्द्र महावै गाउँकमिटी इन्चार्ज खेम बहादुर सिंह (भिजन)ले बताए। उहाँका अनुसार महावै गाउँकमिटी बाढी पहिरो पिडित लाई राहत तथा उद्धार कार्यमा निरन्तर खटिएको बताए।