सुर्खेतकाे बराहताल गाउँपालिका वडा नं २ डाेप्काका ४३ जनाले नेकपा एमालेमा प्रवेश

सुर्खेत, २४ माघ ।

साेमबार एक कार्यक्रमकाबीच एमालेले उनीहरुलाई पार्टीमा प्रवेश गराएकाे हाे । माओवादी केन्द्र बराहताल  गाउँपालिका कमिटीका सदस्य ज्ञाना वादीसहित विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाे एमाले बराहतालका सचिव कुलबहादुर बुचा मगरले जानकारी दिनुभयाे । सत्ता गठबन्धनका दलहरुले जनअपेक्षा अनुसार काम नगरेकाे, जनताकाे सवालमा भन्दा स्वार्थकाे राजनीतिमा केन्द्रित भएकाले विकास र समृद्धिका लागि एमाले पार्टी राेजेकाे उनीहरुले प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा सुर्खेत जिल्ला सह इन्चार्ज माेहनमाया ढकाल, प्रदेश कमिटि सदस्य इन्द्र केसी र ताराकेशर गाैतम, जिल्ला अध्यक्ष अमृत विसी, उपसचिव घनश्याम पाण्डे, जिल्ला कमिटी सदस्य घनश्याम खड्का लगायतकाे उपस्थिति रहेकाे थियाे ।