नगर प्रमुख शाही द्धारा निमार्णाधिन आयोजनाको अनुगमन ।

कालिकोट जिल्लाको रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही (पोषण) ले रास्कोट नगरपालिकामा निर्माण भइरहेका बिभिन्न आयोजनाको अनुगमन ग्रनु भएको छ । बिकासलाई प्रभाकारी र छिटो सम्पन्न गर्नेकालागी आज रास्कोट नगरपालिकामा निमार्ण भइरहेको १५ सैयाँको नगर अस्पताल,सडक,खानेपानि,कृर्षि शिक्षा लगायत बिभिन्न आयोजनाहरुको अनुगमन ग्रनु भएको हो ।

आयोजना हरुको अनुमगन गदै नगर प्रमुख शाहीले छिटो छरीतो र गुणस्तरीय काम गर्ने निमार्ण समितिलाई निर्देसन दिनु भएको छ । यस्तै बढिमाँलिका माध्याँमिक बिद्यालयमा पनि आज अनुगमन ग्रनु भएको छ । बिद्यालयको सैक्षिक सुधारकालागी सबै शिक्षक नियमित हाजिरि भए नभएको जानकारी लिदै नगर प्रमुख शाहीले आगामि दिनमा सबै शिक्षकले आफ्नो जिम्मेवारी पुरा गर्ने निर्देसित गर्दे राम्रो काम गर्ने शिक्षकलाई नगर पालिकाकाले सम्मान तथा पुरुस्कारको सम्मेत ब्यबस्था गर्ने बताउनु भयो ।

अनुगमनमा वडा नं.५ का वडा अध्यक्ष मनतिरुवा, रास्कोट नगरपालिकाका शिक्षा स्रोत ब्याक्ती महाप्रसाद बराल लगायत कार्यपालिका सदस्य हरुको सहभागिता रहेको थियो ।