जिल्ला समन्वय समिति कालिकोटको सभापतिमा धनजित शाही (आर्दश) निर्बाचित

कालिकोट जिल्ला समन्वय समितिमा पाँच दलिय गठबन्धबाट सभापतिमा धनजित शाही आर्दश सभापति र उप सभापतिमा नेकपा माओवादी केन्द्र बाट मिना रावत(विश्वकर्मा) निर्वाचित भएका छन्

जिल्ला समन्वय समितिमा गठबन्धनको प्यानल नै विजयी भएको छ। अन्य सदस्यहरु नेकपा माओवादी केन्द्रका अजय बहादुर बम,वीर बहादुर रावत,अप्सरा कुमाल,मुर्जा कुमारी रोकाया(फडेरा) छन् भने, नेपाली काँग्रेसका धन बहादुर शाही ,काली बहादुर नेपाली त्यस्तै नेकपा एकीकृत समाजवादीका धनसरा विष्ट निर्वाचित भएका छन् ।समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार धनजित शाही (आर्दश ) ले १५ मत ल्याएर विजयी भएका छन् भने शाही का प्रतिद्वन्द्वी नेकपा एमालेका तुलाराज शाहीले २ मत ल्याएका छन् ।
गठबन्धनको संयुक्त विजयी र्योली समेत निकालेका छन्