कर्णालीको पर्यटन मन्त्रीमा शाही नियुक्त

सुर्खेत । नेकपा माओवादी केन्द्रका सांसद वीरबहादुर शाही कर्णालीको पर्यटन मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री शाहीलाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परियारले सपथ खुवाएका छन् । मन्त्रीमा नियुक्त शाही डोल्पा जिल्लाका हुन् । २०७८ माघ २३ मा पर्यटन मन्त्रीमा नियुक्त भएका हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि यहीँ साउन २३ गतेखि सकिएपछि शाहीलाई नियुक्त गरिएको हो।