पुष्पलाल मित्रता केन्द्र गठन अध्यक्षमा नेकपाका नेता – बिश्व राज बम

२७मंसिर ,सुर्खेत।  पुष्पलाल मित्रता केन्द्र, कर्णाली प्रदेश कमिटीको गठन भएको छ । नव गठित समितीको  अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालीकोटका युवा नेता विश्वराज बम चयन हुनुभएको छ ।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका वैचारिक तथा राजनीतिक नीतिहरुको प्रचारप्रसार तथा प्रकाशन गर्ने, विश्लेषण गर्ने र मार्कशवादी सिद्धान्तहरुका बारेमा छलफल गर्ने छलफल तथा वहसमा ल्याउने उद्देश्यले मित्रता केन्द्र गठन गरिएको बताइएको छ ।

बिहीबार बमको अध्यक्षतामा ३५ सदस्यीय कर्णाली प्रदेश कमिटी गठन गरिएको हो। पुष्पलाल मित्रता केन्द्र कर्णाली प्रदेशको कमिटीको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर खान, उपाध्यक्ष प्रेम कुमारी सुनार, सचिवमा पद्यमा खड्का, कोषाध्यक्षमा तिर्शना हमाल, सह-सचिवमा जितबहादुर राना चयन भएका छन्।सरकारलाइ रचनात्म ढङ्गले सल्लाह र सुझाव दिने उदेश्यले गठन गरीएको केन्द्रको नेकपाका बरिष्ठ नेता माधव कुमार नेपलाले नेतृत्व गरीरहनु भएको छ। भने नेकपाका पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडा मित्रता केन्द्रका केन्द्रीय अध्यक्ष हुनुहुन्छ  ।