रास्कोट नगरपालिकाका बाढी प्रभावितलाई राहत बितरण सुरु

केहि दिन यता लगातार भएको भिषण बर्षाका कारण कर्णाली प्रदेशको कालिकोट लगायत विभिन्न जिल्लामा जनधनको ठुलो क्षतिले भएको छ । आज रास्कोट नगरपालिकाले भिषण बर्षाका कारण क्षेति भएका बाढी प्रभावित नागररिकलाई रास्कोट नगरपािलकाकाले रास्कोट वडा नं. ३ का १६ घरधुरी लाई राहत वितरण गरेको नगर प्रमुख धर्मराज शाहीले बताउनु भयो ।

नगर प्रमुख शाहीका अनुसरा थप प्रहरी मुचुल्का लाई आधार वनाई वाकि घरधुरी लाई पनि वितरण गरिने बताउनु भयो । तत्काल समस्या साबधानका लागी  आज बाढि पिडित घरपरिवारलाई १ थान त्रिपाल ,१ कट्ठा चामल ५ के.जि दाल २ पाकेट तेल बितरण गरियको शाहीले बताउनु भयो ।