गठबन्धनमा रहेका दलहरूले राष्ट्रका लागि एउटा पनि राम्राकाम गर्न सकेन वलि

दैलेख :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशको रक्षा, भौगोलिक अखण्डता र राष्ट्रिय स्वन्त्रताका लागि जन्मिएको पार्टी भएको बताएका छन् ।

आइतबार दैलेखमा आयोजित चुनावी सभामा ओलीले गठबन्धनमा रहेका दलहरूले राष्ट्रका लागि एउटा पनि राम्रा काम गर्न नसकेको भन्दै देशको रक्षा, भौगोलिक अखण्डता र राष्ट्रिय स्वन्त्रताका लागि जन्मिएको एमालेले सयौँ राम्रा काम गरेको बताए ।

शेरबहादुर देउवा पटकपटक प्रधानमन्त्री भएपनि लोकतन्त्र दरबारमा बुझाउनेलगायतका प्रतिगमनका काममात्रै गरेको उनको आरोप छ ।

त्यस्तै, उनले अदालतबाट सेटिङ र जालझेल गरेर आफूलाई सरकारबाट हटाइएको तर्क गरे । ओलीले वर्तमान सरकारले बजेट बनाउनेदेखि सबै काममा सेटिङ गर्दै राज्यलाई लुट्ने काम गरेको आरोप लगाए ।

एमाले सरकारले सुरु गरेको विभिन्न राजमार्ग लगायतका अन्य विकास निर्माणका कामलाई अहिलेको सरकारले अलपत्र पारेको उनको भनाइ छ । अध्यक्ष ओलीले यसपटकको निर्वाचनले देशको भविष्यको फैसला गर्ने भन्दै फुटेका हाडीको गठबन्धनलाई नभएर एमालेलाई निर्वाचित गर्नुपर्ने बताए ।

त्यस्तै ओलीले दैलेखको समग्र विकासका लागि एमालेका उम्मेदवारलाई मत दिन आग्रह गरे । ओलीले दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ का लागि चुनावि मैदानमा होमिएका विनोदकुमार शाहको जित सुनिश्चित रहेको बताए । लामो समयदेखी राजनिति गरेर खारिएका उम्मेदवार शाह भन्दा अर्को विकल्प नरहेको भन्दै मतदाताले सोचविचार गरेर मात्र मत हाल्न आग्रह गरे ।