६ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा,कुन कुन परे ?

काठमाडौँ । नेपाल राष्ट्रबैंकले ६ वटा बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा नियामकिय व्यवस्था उ लङ्घन गर्ने ६ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले नगद जरिवाना र सचेत गराएको हो ।

राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उलङ्घन गरेकोले ७० लाख रुपैयाँ नगद जरिवाना गरेको हो । यस्तै कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) उलङ्घन गरेपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई पनि १ करोड ६७ लाख ७१ हजार ४३४ रुपैयाँ नगद जरिवाना गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को वैशाखमा सीडी रेसियो ९० प्रतिशत नाघेपछि कारबाही गरेको हो ।

एनएमबि बैंकले व्याज अनुदानको समुहियतपूर्ण कर्जा कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान दिएपछि उक्त कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । सोही कारण राष्ट्र बैकले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ बमोजिम व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको पाइएको छ,’ राष्ट्र बैंकले भने,को छ, ‘उक्त कर्जामा प्रदान गरिएको ब्याज अनुदानको सम्पूर्ण रकम ऋणीबाट फिर्ता गराई नेपाल राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको ।’

राष्ट्र बैंकले उक्त कार्यविधि तथा यस बैंकबाट जारी निर्देशनको उल्लङ्घन गरेकोमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) अनुसार सचेत गराइएको हो । राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई पनि सचेत गराएको छ ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन व्यवस्था विपरीत हुने गरी ग्राहकहरूसँग बढी लिएको ब्याज सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकोमा कतिपय ग्राहकको खातामा फिर्ता नगरेको राष्ट्र बैंकले जनाएको छ । साथै आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा पुनः निर्देशन विपरीत ब्याज बढाएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ गरेको राष्ट्र बैंकले जनाएको छ । साथै एनअँईसी एशिया बैंकले एकीकृत निर्देशन उलङ्घन गरेको पाइएकोले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) अनुसार नसिहत दिइएको राष्ट्र बैंकले जनाएको छ ।

साथै, उपर्युक्त कार्यहरूको समयमै निगरानी तथा अनुगमन नगरी राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको इ।प्रा। निर्देशन नं। ६÷०७९ को सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्व सम्बन्धी निर्देशनको बुँदा नं. (घ) र (ङ) समेत पालना नगरी यस बैंकबाट जारी निर्देशनको उल्लङ्घन गरेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) अनुसार सञ्चालक समितिलाई सचेत गराइएको हो ।

नबिल बैंकले पनि गरिएको एकीकृत निर्देशन नं. १५/०७८ को ३ (८) उल्लङ्घन गरी ब्याजदर बढाएको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम सञ्चालक समितिलाई सचेत गराइएको राष्ट्र बैकले जनाएको छ । साथै एकीकृत निर्देशन नं. १५/२०७९ को ३ विपरीत नियमित ब्याज र पेनाल असुलीसँगै बैङ्कको कोर बैंकिङ सिस्टममा राखी कर्जामा थप जोखिम प्रिमियम स्वरूप अतिरिक्त १.५ प्रतिशत असुल गरेको राष्ट्र बैंकले जनाएको छ ।

नबिल बैंंकले क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको र एकीकृत निर्देशन नं. १५–०७८ को ३(८) विपरीत प्रिमियम बढाएको, ऋणी ग्राहकहरूसँग त्रैमासिक रूपमा सेवाशुल्क लिने गरेको तथा संस्थागत मुद्दती निक्षेपमा ग्राहकहरूलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएको पाइएकाले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको हो ।

सिटिजन्स बैंकले  राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७९ को निर्देशन नं. २ बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

साथै बैंकले क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको र प्रिमियम दरमा निर्देशन विपरीत पटक पटक वृद्धि गरेकाले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको हो ।