ठाटिकाँधले प्रत्येक वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने ।

सुर्खेत : दैलेखको ठाटिकाँध गाउँपालिकाले गाउँपालिकाकाे केन्द्रबाट टाढा रहेका वडाहरुमा वडा कार्यलय बाटै सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएकाे छ ।
बिगत लामाे समय पछिकाे प्रयास पछि गाउँपालिकाकाे केन्द्रमा रहेकाे कुमारि बैंक र गाउँपालिकाकाे समझदारिमा वडामै गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्न लागेकाे गाउँपालिका कार्यक्रम संयाेजक भुपेन्द्र बहादुर शाहीले बताए । बैंककाे जारि सुचना अनुसार वडा नं ३ मा ५ गते वडा कार्यलयबाट , वडा नं ४ मा ६ गते वडा कार्यलयबाट , वडा नं ५ मा ७ गते वडा कार्यलयबाट तथा वडा नं १ मा ८ गते , वडा नं २ मा १० गते , वडा नं ६ मा ११ गते सम्बन्धित शाखा कार्यलयबाट सामाजिक सुरक्षा भत्ता बितरण गरिने उल्लेख गरेकाे छ ।बिगत लामाे समय पछिकाे प्रयास पछि गाउँपालिकाकाे केन्द्रमा रहेकाे कुमारि बैंक र गाउँपालिकाकाे समझदारिमा वडामै गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्न लागेकाे गाउँपालिका कार्यक्रम संयाेजक शाहीले  बताए ।