चितवन । विप्लव नेतृत्वको नेकपाद्धारा नेपाल भारत सीमामा तारबार लगाएकोृ छ । नेकपाले मंगलबार सीमाक्षेत्रमा काँडे तार लगाएको हो । पार्टी केन्द्रीय सदस्य कृष्ण अधिकारीको नेतृत्वमा गएको अखिल (क्रान्तिकारी) विद्यार्थीको टोलीले माडी नगरपालीका ५ सोमेश्वरगढी सीमा क्षेत्रमा ३० मिटर काँडे तार लगाएको छ । सोमेश्वर गढीको ४५ नम्बर पिल्लरमा काँडेतार लगाएर सीमा रक्षाको सुरुवात गरेको छ ।
विगतदेखि भारतले नेपालमाथि गर्दै आएको सिमा अतिक्रमणको विरोधमा नेकपाले काडेतार लगाएको हो । निरन्तर सीमा मिचिदा पनि सरकारले वास्ता नगरेका कारण आफूहरूले सीमा रक्षाका लागि चितवनबाट अभियान चलाएको विप्लव नेतृत्व नेकपाको भनाई रहेको छ ।
नेकपाको अनुसार देशभरका सिमाना मिचिइरहँदा पनि सरकार मुकदर्शक बनेकाले चितवबाट अभियानको उद्घाटन गरिएको हो ।
सीमामा काँडेतार अभियानलाई अब अन्य स्थानमा पनि जारी राख्ने उनले बताए। १९५० देखि अगाडि र पछाडिका भारतसँग भएका सबै सम्झौताहरू खारेजीको माग गर्दै सीमा व्यवस्थित गराउन विप्लव नेतृत्वको नेकपाले मागसमेत गरेको छ।news24nepal.tv
स्मार्ट कर्णाली । ९ माघ २०७५, बुधबार ०९:४२ बजे