भावुक स्टाटस लेख्दै सभापतिमा शाहीको उम्मेदवारी ।

नेपाली काँग्रेसका प्रभावसाली नेता तथा कालिकाेट जिल्ला कार्यसमितिका सदस्य  आनन्द  बिक्रम शाहीले १४ औं महाधिवेशनमा कालिकाेट  जिल्ला प्रदेश (ख) काे सभापति पदमा आफ्नो उम्मेदवारी रहेकोे घोषणा गर्नुभएको छ ।                                 शाहीले आफ्नो फेस्बुकमा स्टाटस लेख्दै यस्ताे बताउनु भयकाे छ । प्रसंग कांग्रेस महाधिवेशन हाम्रो सन्यास । मैले कांग्रेस महाधिवेशनमा कालिकोटकाे प्रदेश ख काे नेतृत्वको दाबि गर्दै गर्दा एकजना मित्रले आफ्नाे वडा जिताउन चुनाैति दिएकाे स्टाटस भित्रकाे कमेन्टले सारै मन छाेयाे।मैले धेरै साेचे,बिचार गरे।उहाँको चुनाैतिलाई ग्रहण गरेर कांग्रेस कालिकोटमा जिताउन सकिएन भने प्राप्त भएकाे जिम्मेवारीबाट नैतिकताको आधारमा सन्यासलिएर काम गर्ने र गर्ने आटले भरिएका हरुलाई जिम्मा दिएर राजनिती बाट अलग हुने वा जिताउने, नेतृत्वकाे खाेजिमा लाग्ने र प्रतिज्ञा लिएर जिताउने र जित्ने अभिष्टभएका नाैजबान हरुलाई पार्टीको जिम्मा लाउने र हरसम्भब प्रयास गर्ने वा सक्ने हिम्मत बाेकेका हरुलाई नेतृत्व सुम्पिन कन्जुस्याइँ नगर्ने।कन्जुस्याइँ गर्ने पापि,लाेभि,र दुष्टकाे पगरी भिर्न तयार हुने।यति हुनुपर्ने नै बेला आइसकेकाे महसुस गरेकाे छु हामी सच्चिए कांग्रेस सुधारिने छ अब नगरे कहिले गर्ने। अहिले देखि सच्चिने अभियान मा लाग्ने शाहिले बताउनु भयाे ।                                                                      गएकाे बर्षकाे अधिबेशनमा कालिकोटमा देउवा टिमले अधिकांस पदमा जित्दै गर्दा टिम भित्रैकाे बेइमानी का कारण सभापति पदमा काली बहादुर सहकारी र काेषाध्यक्षमा शाहीले हार्नु परेपनि संगठनका लागि आबश्यक नेता भएकाले बर्तमान सभापति हर्ष बहादुर बमले मनाेनित जिल्ला कमिट सदस्य बनाएर जिम्मेवार प्रदान गरेका थिए।                        कांग्रेसको बिधानले नै आन्तरिक प्रतिस्पर्धामा दुईटा टिम बनाउन सक्ने आधारदिएपनि अधिबेशन पश्चात् टिमलाई प्राथमिकता दिन हुन्न भन्ने बिचार राख्ने शाही प्रदेश ख काे बलियो उम्मेदवार रहेका देखिन्छन् ।                        नेताहरुले गुट उपगुटकाे प्रथालाई कायमै राख्ने प्रयास गरेपनि यदि चुनाब भैहालेकाे खण्डमा कार्यकर्ताले अत्याधिक मदतान आफुलाई गर्ने र आफ्नाे बिजय शुनिश्चित रहेकाे शाहिले दाबि गरेका छन्।