प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार जनताको सरकार भएकाले अब कुनै पनि नेपाली नागरिक भौक मर्ने नदिने बताउनु भयो । कर्णालि प्रदेशसरकारका मुख्य मन्त्रीलाइ इङकित गर्दे कर्णालिमा यदि भोकमरी आए तत्काल खबर गर्ने निर्देस सम्मेत गर्नु भयो ।
गौरवको भेरी(बबई) बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको ब्रेक थु्ररु कार्यक्रममा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले देशका बिभिन्न ठाउँमा बिभिन्न ढगंले नयाँ,नयाँ योजना र आयोजना ले देशको अर्धतन्त्रलाई माथि उठाउने उद्यश्यले कर्षि,सडक,शिक्षा,स्वास्थ,पुर्बधारमा बिसेस ध्यान दिएको बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथिथ्यतामा राष्ट्रिय गौरवको भेरी(बबई) बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको एक कार्यक्रममका बिच ब्रेक थ्रुु गरिएको हो । टनेल बोरिङ मेशिन (टीबीएम) प्रविधिले नेपालमा पहिलो पटक सो सुरुङ निर्माण भएको हो ।
सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक)ले टीबीएम मार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उलिखित अवधिभन्दा एक वर्ष अघि नै सुरुङ निर्माण आयोजनाको काम सम्पन्न भएको छ । बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेशिन भेरी किनारको चिप्लेमा आइपुगेको हो । विसं २०७४ कात्तिक मसान्तदेखि टीबीएमको सहायताले सुरुङ खन्न थालिएको हो । सिँचाइ विभाग र कोभेक बीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो ।
आजै सुर्खेत आउनुभएका प्रधानमन्त्री ओलीले सिक्टा सिँचाइ आयोजनाको सम्मेत निरीक्षण गर्ने गुर्न भएकको छ । ‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल, र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्की पनि उपस्थित रहेका थिए ।
भेरी(बबई) बहुउद्देश्यीय डाइभर्सन सुरुङ निर्माणको ब्रेक थु्रुमा सम्बोधन गर्दे- प्रधानमन्त्री ओली
स्मार्ट कर्णाली । ३ बैशाख २०७६, मंगलवार २०:०० बजे