१७ औँ निर्माण दिवसको अवसरमा बादीसरोकार मञ्चका एक सय जना बालकालिका लाइ न्यानो पोशाक तिरण
१७ औँ निर्माण दिवसको अवसरमा कर्णाली प्रदेश निर्माण ब्यवसायी महाँसंघले आज कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगरमा बिभिन्न कार्यक्रम गरि मनाएको छ । ‘पुर्वाधार विकास, राष्ट्र निर्माणको आधार, बनौ सर्वपक्ष जिम्मेवार’ नारासहित स्थापना भएको संघले शनिबार बीरेन्द्रनगरमा रहेको बादीसरोकार मञ्चमा बसिरहेका एक सय जना बालबालिका हरु लाइ न्यानो पोशाक बितरण गरेको छ ।
एक कार्यक्रमका बिच कर्णाली प्रदेश निर्माण ब्यवसायी महाँसंघका प्रदेश अध्यक्ष याम बहादुर बि.सि,महासचिव मानव बम, वीरेन्द्रनगर नगरपालिका वडा नं.६ का वडा अध्यक्ष जनक बहादुर रावल र कर्णाली प्रदेश निर्माण ब्यवसायी महाँसंघका पधाधिकारी हरुले बादीसरोकार मञ्चमा रहेका बालबालिका हरुलाइ सहयोग सामग्री हस्तान्तरण गरका हुन ।
कार्यक्रममा कर्णाली प्रदेश निर्माण ब्यवसायी महाँसंघका प्रदेश अध्यक्ष याम बहादुर बि.सिले देशै भरीका निर्माण ब्यवसायीहरुले बिगत लामो समय दुखि पिडामा रहेका नागरिकहरुलाइ सामाजिक सेवा गदै आएको बताउदै आज यो १७ औँ निर्माण दिवसको अवसरमा बालबालिकालाइ चिसो बाट बच्नलाइ न्यानो लुगा दिन पाउदा खुसि भएको बताउनु भयो ।
कार्यक्रममा कर्णाली प्रदेश निर्माण ब्यवसायी महासंगका महासचिव मानव बमले ब्यवसायिक हकहितको पक्षमा संस्थागत रुपमा आवाज उठाउन उनले आग्रह गर्दै । कर्णाली प्रदेशमा ओझेलमा परेका बादी समुदाएका एक सय जना विपन्न परिवारका बालकालिका हरुलाइ सहयोग गरेर उदाहरणिय काम भएको उहाँले बताउनु भयो ।
स्मार्ट कर्णाली । २२ मंसिर २०८१, शनिबार १६:३५ बजे