हुम्लामा अज्ञात रोगका कारण आठ जनाको मृत्यु

हुम्ला, बैशाख १४

हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आठ जनाको मृत्यु भएको छ । रोगले एक दर्जनभन्दा बढी बिरामी परेका छन् ।
गाउँपालिकाको मैला, मदान, दर्जो गाउँमा एक सातादेखि फैलिएको अज्ञात रोगका कारण हिजोसम्म मर्नेको संख्या आठ जना पुगेको हो ।

मृत्यु हुनेमा वडा नम्बर १ का ७० वर्षीय कुशुमा रिठाल, ६० वर्षीय सुरजित खड्का, वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली, पाँच वर्षीया सुनकेसा सुनार, वडा नम्बर ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका बालक सन्जिब थापा रहेको मेैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिनुभयो । बिरामीलाई वाकवाकी लाग्ने, टाउको दुख्ने, छाती दुख्ने, ज्वरो आउने गरेको स्थानीयले बताएका छन् ।deshkonews.com