डिजिटल कर्णाली बनाउने महाअभियानमा मन्त्री भण्डारी

नरेश भण्डारी कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हुनुहुन्छ । देश संघिय संरचनामा प्रबेश गरेसँगै कर्णाली प्रदेश सभा सदस्य हुँदै पहिलो कार्यकालको मन्त्रीको जिम्बेवारी पाई इतिहाँस कायम गर्नु भएको छ । २०३५ साल असार १ गते बुवा हरीबहादुर भण्डारी र आमा काँसीकला भण्डारीको कोखबाट गुठिचौर गाउँपालिका ५ जुम्लामा मन्त्री भण्डारीको जन्म भएको हो । सत्यदेवी भण्डारीसँग बैवाहिक सम्बन्धमा गाँसिनु भएका मन्त्री भण्डारीका दुई सन्तान छन् । २०४० सालमा औपचारिक शिक्षा हाँसिल गर्न बिद्यालय भर्ना भएका मन्त्री भण्डारी स्नातकोत्तर तह सम्मको उच्च शिक्षा हासिल गर्नु भएको छ । २०७० सालको भुकम्प पीडित, विभिन्न समयमा अग्नि, बाढी पहिरो पीडितहरुको उद्धार लगायतका सामाजिक सेवामा क्रियाशिल हुँदै आएका मन्त्री भण्डारी युगान्तकारी परिवर्तनको प्रतिफल स्वरुप नेपाली जनताले संघिय ब्यवस्था प्राप्त गरी, त्यही ब्यवस्थाबाट जनताले विकास र समृद्धिको खोजी गरीरहेकाले त्यो पुरा गर्ने यात्रामा अबिचलित भएर लागि पर्नु भएको छ ।

कर्णाली प्रदेशले पनि यही ब्यवस्थाको माध्यमबाट आफ्नो निधारमा लागेको गरिबीको टिका पखाल्ने संकल्प सहित गरिबी, अभाब हेर्न होइन समृद्धि हेर्न कर्णाली प्रदेश आउने अबस्थाको सिर्जना गर्नका लागि कर्णाली प्रदेश सरकारको नेतृत्वमा मन्त्री भण्डारी पनि क्रियाशिल रहनु भएको छ ।  चाँदीको घेरा नामक पुस्तकको सृजना गरेर बौद्धिक साहित्यकारको सूचिमा परेका मन्त्री भण्डारीले साबिकको कर्णाली र कर्णालीवासीले भोग्नु परेका पीडाहरु मात्रै होइन तमाम् सम्भावनाहरुको द्धार पुस्तक मार्फत खोल्नु भएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको स्थापना गरेर अविभावकको भूमिका निर्बाह गरेका मन्त्री भण्डारी डिजिटल बिद्यालय, डिजिटल प्रदेश बनाउने यात्रामा अहोरात्र लागि रहनु भएको छ ।

जनयुद्ध कालमा जुम्लाको गिडिखोलामा तत्कालिन शाही सेनाको गोली प्रहारबाट बाँच्न सफल भएको पल, युगान्तकारी परिबर्तनको प्रतिक गणतन्त्र घोषणामा हस्ताक्षरी बन्न पाउँदाको समय र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान बिधेयक पारित हुँदाको सुखद् क्षण मन्त्री भण्डारीकाको जीवनको अविस्मरणीय क्षण हो । सक्रिय, मेहनती, सिर्जनशिल, जिम्मेवार र सुसंस्कृत नेपाली नागरिक भएर समाजको सेवा गर्नु नै मानवको कर्तब्य हो भन्ने बुझेका मन्त्री भण्डारी मानवले मानव माथि गर्ने सबै प्रकारका शोषण र भेदभावको अन्त्य गर्न सबै लाग्नु पर्नेमा जोड दिनु हुन्छ । लेखन र अध्ययनमा बढि रुचि राख्ने मन्त्री भण्डारी आफू र समाजले भोग्दै आएका वास्तबिकताहरु पाठक सम्म पुगाई जागरणको अभियानमा आबद्ध हुनुहुन्छ । साहित्यिक, बौद्धिक नेताका रुपमा चिनिएका मन्त्री भण्डारी कर्णाली प्रदेशमा सुन फलाउ सकिने दाबी गर्दै यो यात्रामा सबै लाग्नु पर्नेमा सुझाउनु हुन्छ । अमेरिका, स्वीट्जरल्याण्ड, थाइल्याण्ड, बेलायत, भारत, चिन लगायतका देशहरुको भ्रमण गरि अनुभव सम्हालेका मन्त्री भण्डारी सकारात्मक सोचका साथ सबै लागि पर्ने हो भने कर्णाली प्रदेश नेपालको मात्रै होइन विश्वकै नमूना र धनि प्रदेश बन्नेमा बिस्वस्त हुनुहुन्छ ।

राजनीतिक यात्रा
२०५१ सालमा अखिल (क्रान्तिकारी) सदस्य, इन्जिनियरिङ्ख क्याम्पस पुल्चोक, ललितपुर, २०५४ सालमा अखिल (क्रान्तिकारी) उपाध्यक्ष, ललितपुर,२०५३, सालमा नेकपा (माओवादी) सदस्य, ललितपुर,२०५४ सालमा अखिल (क्रान्तिकारी) उपाध्यक्ष, ललितपुर,२०६३ सालमा नेकपा (माओवादी) जिल्ला इन्चार्ज, २०६४ सालमा जुम्ला –१ बाट संबिधान सभा सदस्य, २०७० सालमा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रिय सदस्य,२०७३, सालमा नेपाल राष्ट्रिय बुद्धिजीबी संगठन अध्यक्ष, २०७४ सालमा नेकपा (माओवादी केन्द्र) पोलिट्ब्युरो सदस्य,२०७५ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य, २०७५ सालमा प्रदेश सभा सदस्य कर्णाली प्रदेश,२०७५ सालमा आन्तरिक मामिला तथा कानून मन्त्री, कर्णाली प्रदेश सरकार ।                                                                                                                सफलताको बाटो ।।