लोकप्रिय देउडा गीत ‘कालिकोटको कालो’लाई अमिन नेशनल म्युजिक अवार्ड

काठमाडौँ– गायक धर्मराज न्यौपाने ‘शिशिर’ले ‘अमिन नेशनल म्युजिक अवार्ड’ प्राप्त गर्नुभएको छ । लोकप्रिय देउडा गीत कालिकोटको कालो बाट उहाले अवार्ड हात पार्नु भएको हो । ‘कालिकोटको कालो’मा उहाको स्वर तथा शव्द संगीत रहेको छ ।गत बर्ष सार्वजनिक भएको उक्त गीतलाई युट्युवमा करिव १४ लाख पटक हेरिएको छ ।

सुदुर र मध्यपश्चिमक्षेत्रको कला सांस्कृतीलाई समेटिएको यो गीतमा आएको प्रतिकृया प्राय सबै सकरात्मक छ । युवा युवतीको प्रेम प्रंशग जोडेर गीत देउडामा प्रस्तुत गरिएको छ । यहि गीतले अवार्ड दिलाएपछि गायक तथा सर्जक न्यौपानेले खुसी व्यक्त गरेका छन् । उनले दर्शकहरु तथा अवार्डका लागि आफुलाई भोट गर्नेहरुमा धन्यावाद पनि दिए ।

कालिकोट स्थाई वासिन्दा रहेका न्यौपाने कलाकार मात्रै नभई एक राजनीतिज्ञ पनि हुन् । काठमाडौँलाई कर्म थलो बनाएका न्यौपाने कला साहित्यमा दखल राख्छन् ।