औलाखोला जलबिधुत आयोजना बाट २ दिन भित्र बत्ती बल्छ -उर्जा ब्यबस्थापन समिति अध्यक्ष जन राज बम भनाइ ।।

नमराज न्यौपाने,पलाता/ कालिकोटराज्यको आखा बाट टाडा रहेको कर्णाली प्रदेशको कालिकोट र राजनीतिक हिसाबले भोट बैंकका रुपमा चिनाउदै आयको कालिकोटको पलाता गाउँ पालिका वडा नम्बर ५ मा आज पलाता उर्जा ब्यबस्थापन समिति र इलेक्टिकल प्राबिधिक टोलि सहित औंला खोला लघु जलबिधुत आयोजना का समितिहरु सङ्ग विद्युतको बिषयमा रेडियो पलाता आवाज का प्राबिधिक नमराज न्यौपाने र उर्जा ब्यबस्थापन समिति अध्यक्ष जन राज बमको कुराकानीमा अब को २ दिन भित्र बत्ती बल्ने बताए । अहिले भने खिन बासिले सल्लोको दियो लाई प्रयोग भएको भयपनी पलाता गाउँ पालिकामा बत्ती बाल्ने बताय ।

उर्जा ब्यबस्थापन समितीले खिन बाहेक पलातामा रहेका दुर्सी खोला लघु जलविद्युत आयोजना, भुच्चिखोला लघु जलविद्युत आयोजना, दाम्डिखोला लघु जलविद्युत आयोजना र तल्सेरी पेल्टी हाइड्रोपावर सन्चालनमा आइरहेको बताय । औंला खोला लघु जलविद्युत आयोजना समितिका अध्यक्ष रंग बहादुर बमको अहिलेसम्म हिसाब किताब लथालिङ्ग पारेकाले बत्ति सफलता पुर्बक बत्ती नबलेको बताय । उनले थपे पलाता का नागरिकहरुले अहिले सम्म काम गरेको काम दार ज्याला नपाएको गुनासो गरे ।

स्थानीय बासिन्दा ज्ञान बहादुर ऐडिले भने हामी पलाताका ६,४, र ५ का जनताले जस्को कारण बत्ति अवरोध भएपनी जन्ताले छिटोभन्दा छिटो बत्तीको सेवा पाउन पर्छ भनी आफ्नो कुरा लाई जोड्दै आबस्यक काममा अझै पनि जन्ताको सयोग चाहिएमा बत्ती बाल्न पछि नहट्ने प्रतिबद्धता गरे । यहि बिषयमा गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातीकान्छा को भनाइ रहेको छ । साबिक खिनका सबै वडामा मात्र नभै पलातामा बत्ती बाल्न जस्तो सुकै कठिनाइ आयपनी पलाता उर्जा ब्यबस्थापन समिति लाई पछि नहट्न निर्देशन गर्दै एहि असार मसान्तसम्म पर्तेक वडामा बत्ती बालिसक्ने बताउनु भयो । लथालिङ्ग अबस्थामा रहेको अायोजना गा पा अध्यक्ष हुनु पुर्ब उर्जा मन्त्री महेन्द्र शाहि भएको बेला सहयोग को पहलगरि निर्माण कार्य सम्पन्न गरि संचालनमा ल्याएको समेत बताउनु भयो । अायोजनाका समितिमा रहेर छलाहा निवासि लोकेन्द्र बुढा र उखाडिका टक्क रोकायाले कृते हस्ताक्षर गरि अायोजनाको खाताबाट पैसा झिकेर हिनामिना गरेपछि अायोजना अस्थबेस्थ रहेको थियो उक्त अायोजना पलाँतिबासि हुनुको नाताले सम्पतिको संरक्षण गर्न जिम्मेवारी ठाउँमा नहुदा पनि पहल गरेर अायोजना सुचारु यसरी आयको बमले थप्नु भयो ।