अब आधा ग्यास भयको सिलिन्डर मात्र पाइने

अब बजार मा पहिले को भन्दा लगभग ५ किलो कम सिलिन्डर को ग्यास मात्र पाइने भयको छ।नेपाल आयल निगमले बजार मा अधिकतम मात्रामा ग्यास को माग भयको ले सबैलाइ पुराउन सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्याँस उद्योगीलाई निर्देशन दिएको छ ।

यसअघि एक सिलिण्डरमा १२ किलो २ सय ग्राम किलो ग्याँस हुँदै आएकोमा अब ७ किलो १ सय ग्राम मात्रै हुने निगमले जनाएको छ । माग अनुसार पुर्याउन नसकिने अवस्था आएकोले आधा सिलिन्डर ग्याँस मात्रै बेच्ने निर्णय भएको निगमले जनाएको छ ।

यसअघि भारतले लगाएको अघोषित नाकाबन्दीमा पनि आधा मात्रै सिलिन्डर भरेर वितरण गरिएको थियो । कोरोना भाइरसको संक्रमणको त्राससँगै देशभर ग्याँसको माग बढिरहेको छ । सुरुमा ग्यास आपूर्ति भएको तर उपभोक्ताले धेरै सञ्चय गरेकोले माग धान्न आधा सिलिन्डर मात्रै बिक्री गर्न निर्देशन दिइएको निगमले जनाएको छ र उक्त ग्यास को मुल्य पनि आधा ग्यास  कै रहनेछ।