मुद्धा दर्ता पछि रोकाया र भण्डारी प्रहरीकाे नियन्त्रणमा

 कालीकोट जिल्लाको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम र उनकी पत्नी गोरिकला बमलाई फौजि आक्रमण गर्ने नेपाल कम्यूनिष्ट पाटी नेकपा पलाता गाउँपालिकाका अध्यक्ष इन्द्र रोकाया र सोही गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर भण्डारीलाई मुद्धा दर्ता पछि जिल्ला प्रहरीकार्यालय कालिकाेटले साेध पुछ र घटनाकाे अनुसन्धानकाे लागी नियन्त्तणमा लीएकाे छ ।

सडक निर्माणका विषयमा छलफल गर्दा विवाद गर्ने नेकपाद्धय अध्यक्ष र वडाध्यक्षले गाउँपालिकाका अध्यक्ष र उनकी पत्नीलाइ ढुङ्गा प्रहार गरी घाइते बनाएपछि नेकपा कालीकोटले दुवै जनालाई पाटीबाट निलम्बन गरेको छ । नेकपा कालिकोटले घटनाको छानविन नहुँदासम्म दुई नेतालाई निलम्बन गरेको जनाएको छ । पचाल झरना गाउँपालिका अध्यक्ष खडकराज सेजुवालको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ । छानविन समितिले प्रतिवेदन नबुझाउदासम्म नेता रोकाया र वडाध्यक्ष भण्डारीलाई पाटीले निलम्बन गरेको हो ।